राजविराज– सप्तरीको शम्भुनाथ नगरपालिका –७ मा भएको यात्रु बस दुर्घटनामा घाइते भएका एक जनाको मृत्यु भएको छ।
_x000D__x000D_
गम्भीर घाइते अवस्थामा सिरहाको लहान स्थित सप्तऋषि अस्पतालमा भर्ना गरिएका काभ्रे निवासी करिब ४५ वर्षीय दिपक राईको मृत्यु भएको हो। सुनसरीको चतराबाट काठमाडौं हिँडेको बा ४ ख ४४७० नम्बरको यात्रु बस शम्भुनाथ स्थित देवधार चेकमा आफैं अनियन्त्रित भइ पल्टिदा उनी घाइते भएका थिए। राई बसका सह–चालक रहेको प्रहरीले पुष्टि गरेको छ।
_x000D__x000D_
घटनामा सुन्सरीको बराहक्षेत्र नगरपालिका ३ का ३१ वर्षीय सन्तोष लिम्बु, २७ वर्षीया बिता श्रेष्ठ, वडा नं ६ का ३५ वर्षीय गोपाल दाहाल, ७ की ५४ वर्षीया जानुका बास्तोला र खोटाङको सतनेत गाउँपालिका १ की ३४ वर्षीय सीता राउत घाइते भएका छन्।
_x000D__x000D_
घाइतेहरूको स्थानीय अस्पताल, कल्याणपुर तथा सिरहाको लहानमा उपचार भइरहेको प्रहरी चौकी कठौनाका सई वीरबहादुर कार्कीले बताए। बसमा करिब ३५ जना यात्रु सवार रहेको उनको भनाइ छ।
_x000D__x000D_
बस र चालक प्रहरीको नियन्त्रणमा रहेको डिएसपी भावेश रिमालले बताए।
_x000D__x000D_
याे पनि पढ्नुहाेस् :
_x000D__x000D_
सप्तरीमा बस दुर्घटना हुँदा आधा दर्जन यात्रु घाइते
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।