काठमाडाैं– घटस्थापनादेखि सोमबारसम्म उपत्यकाका तीन जिल्लामा भएका छुट्टा छुट्टै सवारी दुर्घटनामा १३ जनाले ज्यान गुमाएका छन्।
_x000D__x000D_
काठमाण्डौ, ललितपुर र भक्तपुरका विभिन्न स्थानमा अशोज २४ गते घटस्थापनादेखि कात्तिक ५ गते सोमबार बिहानसम्म भएका सवारी दुर्घटनामा १३ जनाको मृत्यु भएको महानगरिय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।
_x000D__x000D_
८ जना गम्भीर र १ सय ८६ जना सामान्य घाइते भएका छन्। यो वर्षको दसैंमा सवारी दुर्घटनाबाट मृत्यु हुनेको संख्या ५ वर्षयता कै सबैभन्दा धेरै भएको ट्राफिक प्रहरीले जनाएको छ। दुर्घटनाको संख्या पनि ५ वर्षयता कै धेरै २ सय ७२ वटा भएका छन्। गतवर्ष दसैंको समयमा भएका १ सय ७७ वटा सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको थियो।
_x000D__x000D_
त्यसैगरी २०७३/७४ मा १ सय ४६ वटा दुर्घटनामा १० जनाको मृत्यु भएको थियो। विशेष गरेर मादक पदार्थ सेवन गरेर सवारी चलाएका कारण दुर्घटनाको संख्या बढेको ट्राफिक प्रहरीले जनाएको छ। साथै यस वर्षका दुर्घटनाहरु मुख्य सहरी क्षेत्रमा भन्दा उपत्यकाका काँठ क्षेत्रमा बढी भएको महाशाखाले जनाएको छ।
_x000D__x000D_
यसैगरी ट्राफिक प्रहरी कार्यालयले मादक पदार्थ सेवन गरेर सवारी चलाएका १ हजार ७९ सहित ३ हजार ७ सय ३३ सवारी साधनलाई कारबाही गरेको छ। बढी भाडा लिएका ९ सय ५० बढी ट्याक्सी र बढी भाडा लिने लामो दुरीका सवारी चालक तथा विचौलिया २९ जनालाई प्रहरीले कारबाही गरेको छ।
_x000D__x000D_
महानगरिय ट्राफिक प्रहरी महाशाखाले दसैं तिहार तथा छठ पर्वलाई दुर्घटनारहित बनाउन उपत्यकाको १ सय १४ स्थानमा ६ सय ८७ जना जनशक्ति परिचालन गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।