बर्लिन - जर्मन चान्सलर एन्जेला मर्केलले साउदी अरब सत्ताका आलोचक पत्रकार जमाल खशोग्गीको निर्मम हत्याको सन्दर्भमा जर्मनीले साउदी अरबियालाई तत्कालका लागि सैनिक सामग्री बिक्री नगर्ने बताइन्।
_x000D_
_x000D_'सीमित मात्रामा भइरहेको सैनिक सामग्री बिक्रीका सम्बन्धमा समेत जर्मनीको आलोचना भइरहेकै थियो, अहिलेको विषम अवस्थामा साउदी अरेबियालाई हतियार बिक्री हुँदैन,' चान्सलर मर्केलले पार्टी मुख्यालयमा पत्रकारहरुलाई बताइन्।
_x000D__x000D_
जर्मन विदेशमन्त्री हेइको मासले शनिबार नै साउदी अरेबियालाई सैनिक सामग्री बिक्री नगरिने स्पष्ट पारेकी थिइन्। जर्मनीले सन् २०१८ का लागि साउदी अरबियालाई करिब ४८ करोड अमेरिकी डलर बराबरको सैनिक सामग्री बिक्री गर्न गत महिना मात्र स्वीकृति दिएको थियो। विगतमा बर्लिनले साउदीलाई सैनिक सामग्रीका रुपमा मुख्यतः प्याट्रोल बोट (गस्ती डुङ्गा) निकासी गरी आएको थियो।
_x000D__x000D_
_x000D__x000D_
_x000D_
_x000D_मर्केलले खशोग्गीको हत्याको कडा शब्दमा निन्दा गर्नुका साथै उक्त घटनाको विस्तृत विवरण सार्वजनिक गर्नुपर्ने बताए। 'हामीले यस घटनाका सबै कुरा थाहा पाएका छैनौं र अपराधीलाई कारबाही गरिएकै छैन,' उनले भने।
_x000D__x000D_
मर्केलले यस घटनाका सम्बन्धमा सामूहिक प्रतिक्रियाका बारेमा अन्तर्राष्ट्रिय साझेदारसँग परामर्श गरिरहेको पनि बताइन्।
_x000D__x000D_
जर्मनीले लेवनान मामिलामा साउदी अरबियाले हस्तक्षेप गरेको आरोप लगाएपछि जर्मनी र साउदी अरबियाबीचको सम्बन्धमा चिसोपन आएको थियो। दुवै मुलुकले आआफ्ना राजदूत फिर्ता बोलाए पनि १० महिनापछि गत सेप्टेम्बरमा मात्र पुन:स्थापित गरिएका थिए।
_x000D__x000D_
खशोग्गीको हत्यापश्चात युरोपेली साझेदारहरु बेलायत, फ्रान्स र जर्मनीसँग साउदी अरेबियाको नयाँ तर गम्भीर दरार उत्पन्न भएको छ। उनीहरुले इस्तानबुल महा वाणिज्यदूतावासभित्र खशोग्गीको कसरी मृत्यु भएको हो भन्ने प्रस्ट पार्न दबाब दिइरहेका छन्।
_x000D__x000D_
झण्डै १५ दिनसम्म हत्याको आरोपको खण्डन गरिरहेको साउदीले गत शनिबार मात्र खशोग्गीको अक्टोबर २ मा हत्या भएको स्वीकार गरेको थियो।
_x000D__x000D_
तर, इस्तानबुल महावाणिज्य दूतावासमा झगडा हुँदा खशोग्गीको मृत्यु भएको साउदी अरेबियाले अविश्वसनीय भनाइ सार्वजनिक गरेको छ। विश्व समुदायले उक्त भनाइलाई अस्वीकार गर्दै खशोग्गीको शव सार्वजनिक गर्न आग्रह गर्दै अाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।