काठमाडाैं– विजया दशमी अर्थात् टीका पछिको तेश्रो दिन सोमबार पनि प्रधानमन्त्री निवास बालुवाटारमा टीका लगाउन सर्वसाधरण तथा कार्यकर्ता उल्लेख्य संख्यामा पुगेका छन्।
_x000D__x000D_
सरकारले एकादशीसम्म मात्रै दसैं विदाको समय दिएको भएपनि प्रधानमन्त्रीको सचिवालयले चतुर्थीसम्म प्रधानमन्त्रीले टीका लगाइदिने बताएपछि कार्यकर्ता तथा सर्वसाधरण सोमबार पनि टीका लगाउन बालुवाटार पुगेका हुन्।
_x000D__x000D_
प्रधानमन्त्री ओली बिहानैदेखि बालुवाटार पुगेकाहरुलाई टीका र जमरा लगाउन व्यस्त रहेका छन्। आइतबार पनि प्रधानमन्त्री टीका र जमरा लगाउन मै व्यस्त थिए।
_x000D__x000D_
यसअघिका प्रधानमन्त्रीले टीका पछिका दिनमा पनि यसरी सर्वसाधरण र कार्यकर्तालाई टीका लगाउने गरेका थिएनन्।
_x000D__x000D_
यसपटक भने प्रधानमन्त्री ओलीले चर्तुदशीसम्म सर्वसाधरणलाई टीका लगाएका छद्न्।
_x000D__x000D_
सरकारी कार्यालयहरु आइतबारदेखि नै सञ्चालनमा आउनु र प्रधानमन्त्रीले टीका भने चर्तुदशी सम्म लगाइरहनुले सरकारका कामकारबाहीमा विरोधाभाष देखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।