राजविराज– पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको अग्निसाईर कृष्णासवरण गाउँपालिका १ मा आज बिहान माइक्रो बसको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ।
_x000D__x000D_
विराटनगरवाट काठमाडौं जाँदै गरेको वा ५ ख १४५१ नम्बरको माईक्रो बसको ठक्करबाट स्थानीय ६५ वर्षिय अन्दुलाल चौधरीको मृत्यु भएको हो।
_x000D__x000D_
तीव्रगतिमा रहेको माईक्रोले अर्को सवारीलाई ओभरटेक गर्ने क्रममा चौधरीलाई ठक्कर दिएको प्रहरी चौकी महुलीका सई रामवावु यादवले बताए।
_x000D__x000D_
दुर्घटना लगत्तै स्थानीयबासीले केही समय राजमार्ग अवरुद्ध गरे पनि यातायात सूचारु भइसकेको प्रहरीले जनाएको छ।
_x000D__x000D_
घट्नामा संलग्न माईक्रो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।