राजविराज– गत वैशाखमा सरकारले तामझामसहित देशैभर विद्यार्थी भर्ना अभियान चलायो। उमेर पुगेका सबै बालबालिकालाई विद्यालय पुर्याउने अभियान अन्तर्गत प्रधानमन्त्री, मन्त्री, पूर्वमन्त्री लगायतका विशिष्ट व्यक्तिहरुले धेरै बालबालिकाको अभिभावकत्व ग्रहण गरे। प्रधानमन्त्री केपी शर्मा ओली आफैं संलग्न भएपछि अभियानले निकै चर्चा पायो।
_x000D__x000D_
राजविराज नगरपालिका–९ मलेठस्थित गढियाटोलकी दलित बालिका टिङ्कु मरिकलाई स्थानीय जनता राष्ट्रिय प्राविको कक्षा १ मा भर्ना गराएर शिक्षामन्त्री गिरिराजमणी पोखरेलले सप्तरीमा पनि अभियानको सुरुवात गरे। अभिभावकत्व ग्रहण गर्नेको तँछाड–मछाड नै चल्यो।
_x000D__x000D_
शिक्षा विकास तथा समन्वय इकाई सप्तरीले विद्यालयबाहिर रहेका कुल २३ हजार ३ सय ७५ बालबालिकामध्ये अभियान अन्तर्गत १८ हजार ४ सय ५२ बालबालिका भर्ना भएको तथ्यांक देखायो। तथ्यांकअनुसार भर्ना भएका मध्ये १४ हजार ४ सय १४ बालबालिका सामुदायिक विद्यालयमा छन्। तर, सामुदायिक विद्यालयमै विद्यार्थी उपस्थितिको अवस्था भने अहिले पनि चिन्ताजनक छ।
_x000D__x000D_
राजविराज नगरपालिका १३, भेल्ही पिपराही स्थित आधारभूत विद्यालयमा बालविकाससहित कक्षा ६ सम्मको पढाइ हुन्छ।
_x000D__x000D_
७५ छात्र र १ सय १८ छात्रा गरी कुल १ सय ९३ विद्यार्थी भर्ना छन्। तर, विद्यालयमा दैनिक उपस्थित हुने बालाबालिकाको संख्या भने २५ नाघेकाे छैन।
_x000D__x000D_
_x000D__x000D_
विद्यालयका प्रधानाध्यापक मोहम्मद आकुफ मन्सुरी ५० प्रतिशतभन्दा बढी बालबालिका विद्यालय नआउने गरेको स्वीकार गर्छन्। 'विद्यालयमा आउने बालबालिकाको पनि नियमितता छैन। विद्यार्थीको संख्यामा मात्र एकरुपता छ, अनुहार चाहिँ हरेक दिन फरक हुन्छ,' उनी भन्छन्, ' एकदिन आएको विद्यार्थी हप्ताैंदिनसम्म पनि फर्केर नआउँदा विद्यालयले पनि चासो राख्दैन। '
_x000D__x000D_
अभिभावकले नै छोराछोरी विद्यालय पठाउनै खोजेका कारण समस्या भएकाे मन्सुर बताउँछन्। अभिभावकमा चेतनाको कमी तथा विद्यालय र गाउँका बीचमा रहेको खाँडो खोलाका कारण विद्यार्थीको उपस्थिति कम हुने गरेको उनको कथन छ।
_x000D__x000D_
_x000D__x000D_
विद्यार्थी विद्यालय नजानुमा अभिभावको भने छुट्टै गुनासो छ। शिक्षकहरू कक्षा कोठामै नजाने र पढाइ समेत हुन छोडेपछि विद्यार्थी आफैं विद्यालय जान छाडेको उनीहरु बताउँछन्। ‘विद्यार्थी कक्षा कोठामा बसिरहेका हुन्छन्, तर मास्टरहरूलाई अफिसमा गफ गरेरै फुर्सद हुँदैन,’ स्थानीय बुुधनीदेवी राम भन्छिन्, ‘पढाई नै नभएपछि छोराछोरी केका लागि स्कुल पठाउनु?’
_x000D__x000D_
विद्यालयले विद्यार्थी–विद्यार्थी बीचमा पनि विभेद गर्न थालेपछि छोराछोरी पठाउन छोडेको ७० वर्षीया भुलकीदेवी सदा बताउँछिन्। ‘सरकारले दिने कुनै सुविधा विद्यार्थीले पाउँदैनन्,’ उनी भन्छिन्, ‘दुई/चार जनालाई दिएजस्तो गरेर सबै सुविधा माष्टरले नै बाँड्छन्।’
_x000D__x000D_
विद्यार्थीलाई आउने सुविधा सबैलाई वितरण, खाजाको व्यवस्था र पढाइको नियमितता भए आफूहरू बालबालिका विद्यालय पठाउन तयार रहेको उनीहरु बताउँछन्।
_x000D__x000D_
शिक्षक र अभिभावकको कमजोरीले विद्यार्थी नै आउन छोडेपछि शिक्षकहरु भने बेरोजगार छन्। विद्यालय आउनु र हाजिर गरेर घर फर्कनु उनीहरूको नियमितता भएको छ।
_x000D__x000D_
विद्यालयमा दरबन्दी ३, राहत २ र बालविकास १ गरी कुल ६ जना शिक्षकशिक्षिका कार्यरत छन्।
_x000D__x000D_
वडामा ४ विद्यालयः सबै उस्तै
_x000D__x000D_
राजविराज १३ मा १ मावि र ३ आधारभूत विद्यालय गरी कुल ४ विद्यालय छन्। सबै विद्यालयको अवस्था आधारभूत विद्यालय भेल्ही पिपराही भन्दा फरक छैन।
_x000D__x000D_
कक्षा १० सम्म पढाइ हुने महावीर मावि विषहरीयामा ३ सय १६ विद्यार्थी भर्ना र १४ जना शिक्षक कार्यरत छन्। तर, मुस्किलले २०÷२५ जना बालबालिका मात्रै नियमित विद्यालय आउने गरेको स्थानीय बताउँछन्।
_x000D__x000D_
४ वर्षदेखि विद्यालयमा अभिभावक भेलासमेत नभएको अभिभाव श्यामसुन्दर यादवले बताए।
_x000D__x000D_
यसैगरी, राष्ट्रिय सत्यनारायण मुनीयाँ प्रावि भेल्हीमा ६९ र जनता प्रावि पिप्राहीमा १०६ विद्यार्थी भर्ना छन्। तर, दुवै विद्यालयमा २० देखि २५ प्रतिशतभन्दा कम विद्यार्थी नियमित विद्यालय आउने गरेको अभिभावकहरु बताउँछन्।
_x000D__x000D_
विद्यार्थीको उपस्थिति बढाउन नगरपालिकाको अनुगमन
_x000D__x000D_
राजविराज नगरपालिकाले नगर क्षेत्रका विद्यालयमा विद्यार्थीको उपस्थिति संख्या वृद्धि गर्न पहल सुरु गरेको छ। विद्यालयको अनुगमन तथा अभिभावक र विद्यालय प्रशासनसँग छलफल गरी देखिएका समस्या समाधान गर्न नगरपालिकाले प्रयास सुरु गरेको उपमेयर साधना झाले बताइन्।
_x000D__x000D_
_x000D__x000D_
_x000D__x000D_
_x000D__x000D_
_x000D_
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।