कपिलवस्तु– दुर्गा भवानीको मूर्ति सेलाउने क्रममा कपिलवस्तुको कृष्णनगरमा विवाद हुँदा कपिलवस्तु प्रशासनले लगाएको कर्फ्यु बिहानदेखि आज दिनको १२ बजेसम्मका लागि हटाएको छ। कर्फ्यु हटेसगैँ जिल्लाको जनजीवन सामान्य हुँदै गएको छ।
_x000D__x000D_
शुक्रबारदेखि कृष्णनगर तनावग्रस्त बनेको थियो। विवाद तीन दिनसम्म पनि साम्य नभएपछि स्थिति नियन्त्रणमा लिन आइतबार साँझ ५ बजेबाट अनिश्चितकालीन कर्फ्यु लगाइएको थियो।
_x000D__x000D_
तीन दिनदेखि रोकिएको मूर्ति विर्सजन कार्य कडा सुरक्षाका साथ मूर्ति विर्सजन गरिएको प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिए। रासस
_x000D_
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।