मस्को– शीतयुद्धकालमा रूससँग अमेरिकाले गरेको आणविक हतियार सम्झौताबाट पछि हट्नु संयुक्त राज्य अमेरिकाका लागि ‘खतरनाक कदम’ हुने रूसी उप विदेशमन्त्री सर्गेइ र्यावकोभले आइतबार बताएका छन्।
_x000D__x000D_
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले शीतकालीन समयमा रूससँग पूर्व राष्ट्रपति डोनाल्ड रेगनले गरेको उक्त सम्झौताबाट पछि हट्ने योजनालाई घोषणा गरेपछि रूसको प्रतिक्रिया आएको हो।
_x000D__x000D_
विदेशमन्त्री र्यावकोभले रूसी समाचार संस्था तासलाई भने, 'म विश्वस्त छु, अमेरिकी कदमको अन्तर्राष्ट्रिय समुदायले आलोचना मात्रै गर्ने छैन। अमेरिकी ‘खतरनाक कदम’को विश्वभर निन्दा हुनेछ।'
_x000D__x000D_
तत्कालीन सोभियत संघका राष्ट्रपति मिखाइल गोर्भाचोभले पनि ट्रम्पको घोषणालाई अविवेकी निर्णय भन्दै आलोचना गरेका छन्।
_x000D_
_x000D_'अमेरिकाले आणविक निशस्त्रीकरणका लागि गरिएको पूरानो सम्झौतालाई तोड्नु विल्कुल गलत हुनेछ,' गोर्भाचोभले इन्टरफ्याक्सलाई बताए।
_x000D_
_x000D_उनले सहमतिबाट फिर्ता हुने अमेरिकी तयारीलाई बुझ्नु निकै कठीन परेको बताए। 'यो घोषणाले विवेकको कमीलाई देखाउँछ,' गोर्भाचोभले भने। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।