बैतडी– बैतडीमा भीरबाट लडेर एकजनाको मृत्यु भएको छ। मेलौली नगरपालिका ५ मा पर्ने सीमा भीरबाट लडेर मेलौली ३ कुजागाडका २८ वर्षीय जय बहादुर चन्दको मृत्यु भएको हो।
_x000D__x000D_
मामाघर जान भनि हिँडेका चन्दको शव घाँस काट्न गएका महिलाहरुले आज देखेपछि स्थानीयलाई खबर गरेका थिए। मृतक चन्दका श्रीमती र दुई छोरा छन्।
_x000D__x000D_
यस्तै जिल्लाको पुर्चौडी नगरपालिका ९ कुवाकोटका अंकल बहादुर कुवरकी १७ वर्षिया छोरी बन्दना खर काट्दै गर्दा भीरबाट लडेर घाइते भएकी छन्।
_x000D__x000D_
उनको टाउको र खुट्टामा गभ्मीर चोर लागेकाले उपचारका लागी धनगढी रेफर गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।