रसुवा–रसुवामा दसैंको समयमा ट्राफिक नियम उल्लंघन गर्ने ४ सय भन्दा बढी सवारी साधन कारबाहीमा परेका छन्।
_x000D__x000D_
जिल्ला ट्राफिक प्रहरी कार्यलय रसुवाका अनुसार घटस्थापनादेखि विजया दशमी टिकाको तेस्रो दिनसम्म सवारी साधन सञ्चालन गरि ट्राफिक नियम उल्लंघन गर्ने ४ सय ११ वटा सवारी साधन कारबाहीमा परेका हुन्।
_x000D__x000D_
कारबाहीमा सबैभन्दा बढी मालमाहक डिब्बा कन्टेनर, बस, निजि सवारी साधन, मोटरसाईकल लगायत रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रसुवाले जनाएको छ।
_x000D__x000D_
जिल्लाका विभिन्न स्थानमा गरिएको चेकजाँचका क्रममा ओभरलोड, सिट क्षमता विपरित सवारी साधन सञ्चालन, मापसे गरी सवारी सञ्चालन, लाइसेन्न नबोकी सवारी संचालन गरेकाहरू कारबाहीमा परेको ट्राफिक प्रहरी कार्यालय रसुवाका अर्जुन न्यौपानेले बताए।
_x000D__x000D_
उनले भने, ‘२ सय ५० वटा ट्रक कन्टेनर, ३६ वटा बस, ७५ वटा कार जिप, ५० वटा मोटरसाइकल गरी ४ सय ११ वटा सवारी कारबाहीमा परेका छन्।’
_x000D__x000D_
कारबाहीमा परेका उनीहरुबाट जरिवाना स्वरुप ३ लाख ५६ हजार असुली भएको न्यौपानेले बताए। त्यस्तै जिल्लामा सवारी दुर्घटना न्यूनिकरणका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय रसुवाले अभियान सञ्चालन गरेको छ।
_x000D__x000D_
दुर्घटना न्यूनिकरण सम्बन्धि पर्चा पम्पेट वितरण, हरेक हप्ता जिल्लाको कुनै एक चेकपोष्टमा चालकसँग एक मिनेट र यात्रुसँग दुई मिनेट सवारी दुर्घटना न्युनिकरण सम्बन्धि कुराकानी गरिरहेको ट्राफिक प्रमुख नवराज खड्काले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।