काठमाडौं–सरकारले आन्तरिक श्रम बजारलाई उपेक्षा गर्दा स्वदेशको रोजगारी युवाका लागि विश्वासिलो माध्यम बन्न सकेको छैन। राज्यकै उपेक्षाका कारण स्वदेशमै रोजगारमैत्री वातावरण निर्माण हुन नसक्दा कामको खोजीमा दैनिक एक हजारभन्दा बढी युवा वैदेशिक रोजगारीमा जाने गरेका छन्।
_x000D__x000D_
आन्तरिक श्रम बजारमा काम गर्ने मजदुरले देशभित्रको रोजगारी भरपर्दो नहुदाँ त्यसको विकल्पमा कामको खोजीमा विदेशिनु परेको बताँउछन्।लामो समय निर्माण क्षेत्रमा रोजगारी गर्दै आएका लमजुङका दिनेश थापा देशभित्रको रोजगार ‘न आस न भरोसा’ हुने बताउँछन्।
_x000D__x000D_
‘बल र बैंस भएसम्म सबैले काम दिन्छन्। घाइते, अपांग र बिरामी भयो भने कामबाट जबरजस्ती निस्कनुपर्छ। एकातिर रोजगारको ग्यारेन्टी हुँदैन अर्कोतिर काम गर्दा शरीरिक सुरक्षा छैन,’ उनले भने, ‘त्यसमा पनि नेपाली रोजगारदाता कम्पनीको प्रथामिकतामा भारतीय र बंगाली कामदार पर्छन। सामान्य कामका लागि मात्र नेपाली कामदार लिने गरेका छन्।’
_x000D__x000D_
निर्माण क्षेत्रमा काम गर्ने श्रमिकको स्वास्थ्य र विमा पनि हुँदैन। यो सुविधा खोज्ने श्रमिकले रोजगारी नपाउने उनको गुनासो छ। तीन वर्षदेखि सुनगाभा निर्माण कन्स्ट्रक्सन कम्पनीमा काम गर्दै आएका रामेछापका तिलक लामालाई कम्पनीले काम हुदाँ मात्र रोजगारी दिने गरेको बताए।
_x000D__x000D_
‘वर्षमा ५ महिना मात्र निर्माण क्षेत्रमा काम हुन्छ, त्यसपछि सात महिना काम नै नगरी घरमा बस्नुपर्छ। यसरी महिनाँै बेरोजगारी बस्नुभन्दा विकल्पमा विदेशिनु नै उचित हुन्छ,’ उनले भने, ‘राज्यले आन्तरिक श्रम बजारमा अनुगमन नगर्दा निर्माणलगायत अन्य क्षेत्रमा काम गर्ने श्रमिकका समस्या बाहिर आउँदैन। सरकारले पनि आन्तरिक रोजगारीभन्दा विदेश श्रम बजारलाई प्रथामिकता राख्दै आएको छ। निर्माण क्षेत्रमा काम गर्ने श्रमिकले निकै जोखिम मोल्नुपर्ने उनको भनाइ छ।
_x000D__x000D_
यस्तै, राजविराजका धनराज यादव हाल अन्तर्राष्ट्रिय विमानस्थलमा टर्मिनल भवन निर्माणमा काम गरिरहेका छन्। उनी गिटी बालुवा घोल्न क्रसर घुमाउने काम गर्छन। कार्यस्थलमै भेटिएका यादवले हातमा सामान्य पन्जा लगाएर काम गरिरहेको थिए। यो काम विगत ४ वर्षदेखि गर्दै आएको उनले बताए। उनी पनि देशभित्रको रोजगारीमा सुरक्षा र ग्यारेन्टी नहुने गरेको बताउँछन्।
_x000D__x000D_
यादव, लामा र थापा जस्ता आन्तरिक श्रम बजारमा करिब ४० श्रमिक कार्यरत रहेको सरकारी अनुमान छ। आन्तरिक श्रम बजारमा रोजगारीको ग्यारेन्टीसँगै सुरक्षा नुहदाँ बाध्यताले कामको खोजीमा धरै युवा भारत, मलेसियाजस्ता खाडी मुलुकमा पलायन हुने क्रम बढदो छ।
_x000D__x000D_
विगतका दिनमा आन्तरिक श्रम बजारमा जे जस्तो समस्या थिए। आगामी दिनमा त्यस्ता समस्या समाधान गदै श्रमिकको सुरक्षासँग रोजगारीको ग्यारेन्टी गरिने श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका महानिर्देशक रामप्रसाद भट्टराईले बताए।
_x000D__x000D_
विभागले पछिल्लो समय आन्तरिक श्रम बजारमा कार्यरत देश विदेशका श्रमिकको तथ्यांक संकलन गरिरहेको छ। तंथ्याक संकलनपछि स्वास्थ्य, विमा र सरकारले तोकेका न्यूनतम पारिश्रमिकका विषयमा रोजगारदाता कम्पनीसँग परामर्श गरिने महानिर्देशक भटृटराइले बताए।राज्यले आगामी दिनमा आन्तरिक श्रम बजारमा रोजगारीका अवसर निर्माण गदै श्रमिकको सुरक्षामा ध्यान दिने उनको भनाइ छ।
_x000D__x000D_
सरकारले आन्तारिक श्रम बजारमा ४० लाख श्रमिक कार्यरत रहेको बताउँदै आएको छ। यी श्रमिकलाई श्रम ऐनअनुसार समेटिएको भने छैन। नेपालमा करिब ९ लाख भारतीय र बंगाली कामदार कार्यरत रहेको विभागको अनुमान छ।
_x000D__x000D_
सरकारले नेपालमा कार्यरत श्रमिकको न्यूनतम ज्याला प्रतिमहिना १३ हजार ४ सय ५० रुपैयाँ निधारण गरेको छ। सरकारले तोकेको उक्त तलब सुविधाले आन्तरिक श्रम बजारभित्रका श्रमिकलाई दैनिकी चलाउन धौ–धौ पर्छ।
_x000D__x000D_
वर्षमा १ सय २० दिन पनि आय नहुने तथा कुनै पेसा, व्यवसाय र रोजगारीमा संलग्न नभएका नागरिकलाई सरकारले निर्वाह भत्ता दिने गरी ‘रोजगारसम्बन्धी हक विधेयक’ मन्त्री परिषद् र संसदीय बैठकबाट पारित गरिसकेको छ।
_x000D__x000D_
संविधानको धारा ३३ मा रोजगारको हक र धारा ३४ मा श्रमको हकलाई उल्लेख गरिएको छ। संविधानमा उल्लेख गरिएको विषयमा सरकार गम्भीर नहुदाँ देशभित्रको रोजगारी र श्रम ग्यारेन्टी गर्ने सकेको छैन।
_x000D__x000D_
मासिक ७ हजारलाई आन्तरिक श्रम बजारमा रोजगारी
_x000D_पछिल्लो समय देशभित्र उद्योग धन्दा खोल्ने क्रम बढदै गएको छ। यसरी खोलिएका कलकारखानामा मासिक ५ देखि ७ हजार युवालाई रोजगारीको अवसर निर्माण हुने राष्ट्रिय योजना आयोगको एक प्रतिवेदनमा उल्लेख छ।
_x000D__x000D_
तर, यसरी खोलिएका उद्योग कलकारखानामा नेपाली युवा रोजगारीका लागि खासै आर्कषित भएको देखिँदैन। जसकारण उद्योग कलकारखानाले काम गर्ने, श्रमिक भारत र बंगलादेशबाट आपूर्ति गदै आएका छन्।
_x000D__x000D_
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वार्षिक आन्तरिक श्रम बजारमा वार्षिक एक लाखभन्दा धेरै युवालाई रोजगारी उपलब्ध गराउने बताउँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।