धनगढी– धनगढी क्रिकेट एकेडेमी (डिसिए)को टोली खेल भम्रणका लागि आइतबार भारतको मुम्बई प्रस्थान गरेको छ। टोलीलाई धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृपबहादुर वडले बिदाइ गरे।
_x000D__x000D_
बिदाइ कार्यक्रममा बोल्दै नगर प्रमुख वडले खेलबाट राष्ट्रको पहिचान कायम गर्न सकिने धारणा राखे। ‘खेलले नै कुनै पनि मुलुक तथा क्षेत्रलाई चिनाउन महत्वपूर्ण भुमिका खेल्छ’, नगर प्रमुख वडले भने ‘धनगढी उपमहानगरपालिकाभित्र खेलकुदको विकास गर्न हामी प्रतिवद्ध छौं।’
_x000D__x000D_
‘धनगढीलाई हामीले नगर परिषद्बाटै क्रिकेटको शहर नामाकरण गरेका थियौं,’ वडले थपे, ‘हामीले परिषद्बाटै प्रत्येक वर्ष खेलकुदको विकासमा सक्दो बजेट विनियोजन गर्दै आएका छौं। आगामी वर्षमा बजेट वृद्धि गर्दै लैजानेमा उपमहानगर प्रतिबद्ध छ।’
_x000D__x000D_
_x000D__x000D_
उनले खेलाडीलाई अनुशासित र मर्यादित भएर खेल खेल्न आग्रहसमेत गरे।
_x000D__x000D_
धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवाश शाहीले खेलाडीहरुलाई प्रशिक्षणसँगै एक्स्पोजरको पनि आवश्यकता पर्ने भएकाले मुम्बई टूरले राष्ट्रका लागि प्रतिभावान खेलाडीहरु उत्पादनमा सघाउ पुर्याउने विश्वास व्यक्त गरे। ‘यसअघि हामीले गरेको मुम्बई टूरका खेलाडीहरुले राष्ट्रिय टीममा स्थान बनाइसकेका छन्,’ शाहीले भने, ‘यस टूरले पनि राष्ट्रिय टोलीका लागि नयाँ खेलाडी दिनेमा विश्वस्त छौं।’
_x000D__x000D_
टोलीमा सुबोध ऐर, सिजन कुँवर, सन्दीप आउजी, विनोद विष्ट, राजेन्द्र लोहनी, सोनु मण्डल, रोहन विक लगायतका खेलाडी सहभागी छन्। यस्तै प्रशिक्षकमा दीपेन्द्र चौधरी छन् भने व्यवस्थापनको जिम्मा भरत जोशीले सम्हालेका छन्।
_x000D__x000D_
टोलीले मुम्बईका विभिन्न क्लब तथा एकेडेमीसँग ७ वटा एकदिवसीय खेलहरु खेल्ने डिसिएले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।