बझाङ– बझाङमा नेपाल टेलिकमका सबै सेवा ठप्प भएका छन्। चाडपर्वको उल्लासकाबीच बझाङ भने सञ्चार सम्पर्कबाट टाढा भएको हो।
_x000D__x000D_
टेलिफोन तथा इन्टरनेट सेवामा समस्या आएसँगै स्थानीयहरु सञ्चारविहिन भएका हुन्। दसैंका समयमा आफन्त तथा मित्रजनसँग शुभकामना आदानप्रदान र आवश्यक खबर प्राप्त गर्न नपाउँदा बझाङबासी नेपाल टेलिकमप्रति आक्रोसित बनेका हुन्।
_x000D__x000D_
दसैंको अष्टमीको दिनसम्म नेटवर्कमा केही मात्रामा कठिनाइ रहेपनि दसैंको भोपिल्टबाट भने बझाङमा रहेका सबै रिपिटर टावर निस्क्रियजस्तै बनेका छन्। जसका कारण अन्य जिल्लासँग सीमा जोडिएका क्षेत्रबाहेक जिल्लाका अधिकांश स्थानमा फोन र इन्टरनेट दुवै सेवा ठप्प भएका छन्। केही ठाउँमा एनसेल र स्मार्ट टेलिकमको सेवा सञ्चालनमा रहेपनि इन्टरनेटको सुविधा भने सञ्चालनमा छैन।
_x000D__x000D_
आइतबारबाट जिल्लाका सबै सरकारी कार्यालय तथा वित्तीय संस्थाहरु खुलेपनी इन्टरनेटमा समस्या आउँदा कुनै पनी काम हुन सकेको छैन। राष्ट्रिय वाणिज्य बैंक, चैनपुरका कर्मचारीहरुले इन्टरनेटको असुविधाका कारण सेवाग्राहीको कार्य सम्पादनमा हुन नसकेको बताए।
_x000D__x000D_
उता नेपाल टेलिकम, क्षेत्रीय निर्देशनालय अन्तर्गत डडेलधुराका प्राविधिक सुमिर महर्जनले बझाङमा यस्तो समस्या दसैं सुरु हुनुभन्दा पहिलेदेखि नै आएको स्पष्ट पारे। भने, ‘वाता लेकमा रहेको टेलिकम टावरको रेडियो लिङ्कमा समस्या आएको छ। बीचमा दसैंको बिदा परेकाले समस्या हटाउन ढिलाइ भएको हो।’ उनले आइतबार आवश्यक सामाग्रीसहित प्राविधिक टोली अत्तरियाबाट हिँडिसकेको बताए। ‘वाता लेक अत्तरियाबाट दुरीका हिसाबले निकै टाढा भएकाले आइतबार समस्या समाधान हुनसक्ने अवस्था न्युन छ। सोमबार मात्रै आवश्यक मर्मतको काम सकिएमा बझाङमा सबै सेवाहरु सुचारु हुनेछन्।’, महर्जनले भने।
_x000D__x000D_
बझाङबासीका लागि यो समस्या नयाँ भने होइन। जिल्लाको वाता लेकमा रहेको रिपिटर टावरमा अझैसम्म पनी सौर्य बत्तीकै भर पर्नु पर्ने भएकोले दिनमा घाम नलाग्दा समेत नेपाल टेलिकमको नेटवर्कमा समस्या आउने गरेको छ।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।