कुलेखानी– मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी खोलामा अवस्थित छ इन्द्रसराेवर ताल। यस तालले देशलाई मात्र हैन यहाँ अाउने पर्यटककाे मनलाई पनि उज्यालाे पारेकाे छ। यस तालबाट कुलेखानी–१ जलविद्युत् आयोजना सञ्चालन गर्न सहयोग पुगेको छ भने ताल पर्यटकीय आकर्षणको केन्द्र पनि बन्दै गएको छ।
_x000D__x000D_
यसै तालको पानीबाट कुलेखानी प्रथम जलविद्युत् आयोजनाले ६० मेगावाट विद्युत् उत्पादन गरिरहेको छ। यहाँको पानीबाट सञ्चालित कुलेखानी–२ र कुलेखानी–३ ले पनि क्रमशः थप ३० मेवा र १४ मेवा विद्युत् राष्ट्रिय प्रसारण लाइनमा योगदान पुर्याउने भएका छन्।
_x000D_
_x000D_वरिपरि माथिल्लो भेगमा बस्ती तथा तल्लो भेगमा जंगलले घेरिएको सफा नीलो पानीआन्तरिक तथा बाह्य र्यटकलाई मन्त्रमुग्ध पार्छ।
_x000D__x000D_
_x000D_इन्द्रसरोवरको लम्बाइ ८ किमी र गहिराइ करिब ९७ मिटर छ। यो ताल ०३८ सालमा बनेको हो। त्यसयता यसले अनवरत ६० मेवा (अधिकतम क्षमतामा) विद्युत् उत्पादन गरिरहेको छ। शनिबार बिहान ११ बजे सरोवरको पानीको सतह १५२५.६९ मिटर रहेको बताउँदै प्राधिकरण कुलेखानी बाँध क्षेत्रस्थित एकाइमा कार्यरत इलेक्ट्रिसियन सन्तोषकुमार विष्ट भन्छन्, 'बढी र घटी पानीले हाल त केही फरक पर्दैन, क्षमता त उही ६० मेवा नै हो तर सञ्चित पानीबाट सुख्खायाममा विद्युत् उत्पादन गर्न सकिन्छ।'
_x000D__x000D_
उनले कुलेखानीकै पानीबाट भैंसेमा ३० मेवाको कुलेखानी दोस्रोबाट विद्युत् उत्पादन गरिएको तथा सानुटार (मकवानपुरको सुपारेटार नजिक) १४ मेवाको काम भइरहेको जानकारी दिए। आगामी ६ महिनामा त्यहाँबाट पनि विद्युत् उत्पादन हुने उनकाे अनुमान छ।
_x000D__x000D_
उनका अनुसार कुलेखानी बाँधबाट ६ किमी सुरुङमार्फत लगिएको पानीले धुर्सिङमा ६० मेवा विद्युत् निकालिन्छ। आयोजनाको विद्युतगृह सोही स्थानको ढोकाफेदीमा भूमिगत छ। तालमा पानीको सतह समुद्री सतहबाट १ हजार ५ सय ३० मिटरसम्म पनि पुग्छ। सो अवस्थामा पानीको गहिराइ १ सय ७ मिटर हुन्छ।
_x000D__x000D_
ताल कुलेखानी खोलालाई छेकेर बनाउँदा ८ किमी लामो बनेको छ। मार्खुसम्म पुग्ने उनले प्रष्ट पारे। तालको बाँधको उचाइ भने १ सय १४ मिटर छ। यस आयोजनाबाट विद्युत् उत्पादनपछि सो पानी माण्डुमा निस्कन्छ।
_x000D__x000D_
ताल ज्यादै मनोरम र सफा नीलो पानी हुनाले यहाँ आन्तरिक पर्यटक प्रशस्तै आउने गर्छन्। खासगरी शुक्रबार र शनिबार यहाँ आन्तरिक पर्यटक खचाखच हुन्छन् ।
_x000D__x000D_
यहाँ कुलेखानीको माछा मत्स्य व्यवसायी संघमार्फत मात्र मार्ने र संस्थामार्फत नै बिक्री हुन्छ। संघमार्फत बिक्री हुने माछा बिगहेड र सिल्भर कार्प रु २ सय ५० प्रति केजी र कमन तथा ग्रास कार्पको रु २ सय ७५ प्रतिकेजीमा बिक्री हुने गरेको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।