काठमाडौं–‘यस्तो भोज यहाँ भइरहन्छ ?’ पढाइ बन्द गरेर विद्यालयमा व्यवस्थापन समितिका अध्यक्षका छोराको विवाह भोज गरिरहेको उजुरी परेपछि अनुगमनका लागि जिल्ला शिक्षा कार्यालयबाट आएका कर्मचारीले जवाफ पाए, ‘होइन कहिलेकाहीँ पढाइ पनि हुन्छ।’
_x000D__x000D_
सामुदायिक विद्यालयमा भएको अति राजनीतिक चित्रण र त्यसलाई कसरी सुधार्न सकिन्छ भन्नेमा केन्द्रित नेपाली चलचित्र ‘छक्कापञ्जा–३’ ले दसैंमा दर्शकको मन जित्न सफल भएको छ।
_x000D_यही अवधिमा प्रदर्शन भइरहेको अर्को नेपाली चलचित्र ‘जयभोले’ ले पनि बजार पाएको छ। यी दुवै चलचित्रकाे टिकट काट्न राजधानी उपत्यकाका चलचित्र घरमा अाजपनि दर्शककाे भीड छ।
_x000D__x000D_
सामाजिक यथार्थलाई जीवन्त र हास्य रससहित प्रस्तुत ‘छक्कापञ्जा–३’ प्रदर्शन शुरु भएदेखि १३औँ दिनसम्म पनि ‘हाउसफूल’ भइरहेको छ।
_x000D__x000D_
बिदाको बेला परिवारसहित समय बिताउने मनोरञ्जनको एक माध्यम चलचित्र भएकाले पनि यी दुई चलचित्र चलेका देखिन्छन्।
_x000D__x000D_
यस बीचमा चलेका कतिपय हिन्दी चलचित्रलाई भन्दा यी दुई नेपाली चलचित्रलाई दर्शकले रुचाएको पाइएको नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष निकिता पौडेलले बताइन्। 'विगत चार वर्षदेखि दसैंका समयमा नेपाली चलचित्रको बजार बढ्न थालेको र यो क्रम यसपटक पनि जारी छ।’ पौडेलले भनिन्।
_x000D__x000D_
‘छक्कापञ्जा’ चलचित्रको शृङ्खलाबद्ध प्रस्तुति भएकाले पनि दीपाश्री निरौलाको निर्देशन र कलाकार दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, वर्षा राउत, स्वस्तिमा खड्का र दीपिका प्रसाईँलगायत कलाकार अभिनित ‘छक्कापञ्जा–३’ ले अहिलेको बजार लिएको छ। सामाजिक चेतनाप्रधान विषयको नेपाली चलचित्रलाई दर्शकले मन पराइदिएकाले निर्माण टिम खुसी देखिएकाे निर्देशक निरौलाले बताइन्।
_x000D__x000D_
फूलपातीका दिनदेखि चल्न सुरु गरेको अशोक शर्माको ‘जयभोले’ले युवाका विकृति, प्रेम र मनोरञ्जनका साथै जातीय विभेदविरुद्धका विषयवस्तुलाई समेटेको छ। खगेन्द्र लामिछाने, सौगात मल्ल, स्वस्तिमा खड्का, सलोन बस्नेत, बुद्धि तामाङलगायत कलाकार रहेको यो चलचित्रमा प्रेमका लागि युवाहरुको आपसी द्वन्द्व र त्यसले निम्त्याएका गलत प्रवृत्ति उजगार गरेको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।