विराटनगर– प्रदेश १ मा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालकबाट २ लाख १ हजार रुपैयाँ राजस्व सङ्कलन गरिएको छ।
_x000D__x000D_
प्रदेश १ ट्राफिक प्रहरी कार्यालय, इटहरीका अनुसार ३ दिनमा यस क्षेत्रमा २ हजार सवारी साधनलाई मादक पदार्थ सेवन एवम् ट्राफिक नियम उल्लङ्घन गरी सवारी सञ्चालन गरेकामा कारबाही गरिएको जनाइएको छ। चाडपर्वका अवसरमा मापसे गरी सवारी साधन सञ्चालन गर्ने क्रम वृद्धि भई दुर्घटना हुने भएकाले सोको नियन्त्रणका लागि विभिन्न राजमार्ग तथा सहायक राजमार्ग क्षेत्रमा आकस्मिक जाँचलाई तीव्रता दिइएको ट्राफिक कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसार्इंले जानकारी दिए।
_x000D__x000D_
कारबाहीमा पर्नेमा मापसे गरी सवारी चलाउने तथा ट्राफिक नियम उल्लङ्घन गर्नेहरु रहेको बताइएको छ। प्रदेश १ मा दैनिक ट्राफिक नियम उल्लङ्घन र मापसे गरी सवारी साधन सञ्चालन गर्नेहरु दैनिक करीब ५ सय संख्यामा रहने गरेको ट्राफिक प्रहरीले जनाएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।