काबुल– अफगानिस्तानमा संसदीय निर्वाचनका क्रममा हिंसात्मक घटनाका कारण स्थगित भएका र ढिलाई भएका मतदान केन्द्रहरुमा आज मतदान भइरहेको छ।
_x000D__x000D_
अफगान निर्वाचन आयोगका अध्यक्ष अब्दुल बादी सयतले शनिबारको मतदानमा ८८ लाख मतदातामध्ये ३० लाखले मतदान गरेको जानकारी दिए। सबैभन्दा बढी मतदान काबुलमा भएको थियो भने दक्षिणी उरुजगान प्रान्तमा सबैभन्दा न्यून मतदान भएको थियो।
_x000D__x000D_
आइतबार देशभरका ४ सय १ मतदान केन्द्रमा मतदान हुँदैछ। काबुलमा मात्र ४१ स्थानमा मतदान भइरहेको बताइएको छ।
_x000D__x000D_
_x000D__x000D_
संसदीय निर्वाचनका क्रममा भएका हिंसात्मक घटनामा हालसम्म २७ जना सर्वसाधारण र ११ जना सुरक्षाकर्मीको मत्यु भएको तथा एक सयभन्दा बढी घाइते भएको अधिकारीहरुले बताएका छन्।
_x000D__x000D_
अफगानिस्तानका मुख्य विद्रोही समूहहरु तालिबान र इस्लामिक स्टेट्सले निर्वाचन बहिस्कार गरेका छन्। उनीहरुले निर्वाचनको पूर्वसन्ध्यामा आक्रमणको शृङ्खला जारी राख्नुका साथै स्थानीयबासीलाई मतदानमा सहभागी नहुन आह्वान गरेका थिए।
_x000D__x000D_
शनिबार मतदानका क्रममा १ सय ९२ वटा आक्रमणका घटना
_x000D__x000D_
यसैबीच, अफगानिस्तानको गृह मन्त्रालयले शनिबारको मतदानमा देशभर १ सय ९२ वटा आक्रमणका घटना भएको जनाएको छ।
_x000D__x000D_
गृहमन्त्री वाइस बार्माकले निर्वाचन तुलनात्मक रुपमा शान्तिपूर्ण रुपमा सम्पन्न भएको दाबीसमेत गरेका छन्।
_x000D__x000D_
अफगानिस्तानको रणनीतिक महत्वको शहर कान्दाहारमा गत साता विद्रोहीको आक्रमणबाट प्रान्तीय प्रहरी प्रमुख अब्दुल राजिकको हत्या भएपछि कान्दाहारमा मतदान एक साताका लागि स्थगित गरिएको छ। सुरक्षाका कारण घाज्नी प्रान्तमा पनि मतदान स्थगन भएको छ। रासस/एपी/एएनआई
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।