ढाड दुखाइ भनेको के हो ?
_x000D_- घाँटी भन्दा तल्लो र पुठो भन्दा माथिको भागमा भएको दुखाइलाई ढाड दुखाइ भनिन्छ ।
_x000D_- मान्छेको ठाडो शारीरिक बनावट भएकोले माथिल्लो शरीरको भार ढाडहुँदै दुवै खुट्टाबाट भूइँमा जाने हुनाले ढाड दुख्ने समस्या बढी देखिन्छ ।
_x000D_- ढाड शरीरका अन्य भाग भन्दा कम चल्ने र बढी स्थिर हुने भएकोले ढाडमा स्टिफनेसले गर्दा पनि दुख्ने समस्या उत्पन्न हुन्छ ।
_x000D__x000D_
ढाडको दुखाइलाई तीन भागमा विभाजित गर्न सकिन्छ :
_x000D_माथिल्लो ढाड : घाँटी भन्दा मुनि दुवै पाताको बीचको भाग
_x000D_मध्य ढाड : पाता भन्दा तल र कम्मर भन्दा माथिको भाग
_x000D_तल्लो ढाड : तल्लो ढाडलाई कम्मर पनि भनिन्छ ।
_x000D__x000D_
ढाड दुखेको कसरी थाहा पाउने ?
_x000D_ बस्दा, हिंड्दा, बसेर, उभिंदा वा काम गर्दा असजिलो हुने, कहिलेकाहीं वा नियमित ढाड वा खुट्टातिर दुख्ने, निदाउने वा झमझमाउने, लाटो हुने, पोल्ने जस्ता समस्या भएमा ढाड दुखेको भन्ने बुझिन्छ ।
_x000D__x000D_
ढाड दुख्ने कारणहरु के–के हुन् ?
_x000D_माथिल्लो ढाड : माथिल्लो ढाडको दुखाइ खासगरी मांशपेशीका कारण– जस्तै मसल्स स्पाजम, टिगर प्वाँइन्ट, फाइब्रोमाइल्जिया, फाइब्रोसाइटिस आदि हुन् भने घाँटीमा नशा च्यापिएको कारणले पनि माथिल्लो ढाड दुख्ने, पातातिर पोल्ने, लाटो हुने, झमझमाउने हुन्छ । त्यसैगरी कहिलेकाहीं घाँटीमा हड्डीसम्बन्धी समस्याहरु– जस्तै हड्डी खिइएको, सर्भाइकल रिब्सले गर्दा सरेको दुखाइ हुन्छ । त्यस्तै मेरुदण्डसम्बन्धी समस्याहरु– जस्तै स्पाइना बाइफिडा, स्कुल जाँदा भारी ब्याग बोक्ने, गलत तरिकाले बसेर लामो समयसम्म पढ्ने, सानै उमेरदेखि लामो समयसम्म कम्प्युटर, मोबाइल, ल्यापटप जस्ता उपकरण अगाडि निहुरेर चलाउने गरेको अवस्थामा माथिल्लो ढाड कुप्रो हुन जान्छ जसलाई काइफोटिक पोस्चर भनिन्छ । यसका साथै कुम जाम भएको अवस्थामा पनि माथिल्लो ढाड दुख्ने हुन्छ ।
_x000D__x000D_
मध्य ढाड : खासगरी मेरुदण्डका विकृति– जस्तै स्कोलियोसिस वा मेरुदण्डको संक्रमण जस्तै– स्पोन्डोलाइटिस, पोट्स स्पाइन, ट्रान्सभर्स माइलाइटिस इत्यादिका साथै मसल्स स्पाजम वा टाइटनेसले गर्दा दुखेको पाइन्छ ।
_x000D__x000D_
तल्लो ढाड : तल्लो ढाडको दुखाइका कारणहरु– बस्ने, उठ्ने तरिका नमिलेर, मसल्स स्पाजम, हड्डी खिइएर, नशा च्यापिएर, स्टेनोसिस इत्यादि हुन् । भने धेरैजसो ह्याम्स्ट्रिङ्ग टाइटनेस, पाइरिफर्मिस सिन्ड्रोमले गर्दा पनि तल्लो ढाड दुख्ने महत्वपूर्ण कारण हुन् । साथै गर्भवती भएको वा शारीरिक तौल समान्य भन्दा बढी भएको बेला मेरुदण्ड अगाडितिर तानिन्छ । त्यसैगरी कहिलेकाहीं चोटपटक लागेर मेरुदण्डका हड्डी फ्याक्चर, मसल्स वा लिगामेन्ट टिअरले गर्दा पनि कम्मर दुख्ने समस्या उत्पन्न हुन्छ । त्यसैगरी मांशपेशी कमजोर भएर पनि ढाड दुख्ने हुन्छ ।
_x000D__x000D_
ढाड दुख्ने समस्या भएमा फिजियोथेरापीमा कुन बेला जाने ?
_x000D_- ढाड वा खुट्टातिर दुख्न थालेमा र आराम गरेपछि पनि दुखाइ कम नहुँदा वा खुट्टातिर झमझमाउने वा निदाउने, पोल्ने, हिंड्न गाह्रो हुनेबित्तिकै फिजियोथेरापीमा जाने वा हाड जोर्नी तथा नशारोग विशेषज्ञकोमा रोग निदान गरी फिजियोथेरापीमा रोकथाम, सावधानी अपनाउने तरिकाबारे जानकारी लिन र उपचारको लागि जाने ।
_x000D__x000D_
ढाड दुख्ने समस्या भएमा कति समयसम्म फिजियोथेरापी गर्ने ?
_x000D_- फिजियोथेरापीको कुनै निश्चित अवधि नभएकोले फिजियोथेरापिष्टको सल्लाह र परामर्शअनुसार गर्ने । फिजियोथेरापीद्वारा समस्या कम गरिनुका साथै बढ््नबाट पनि जोगाउने हुनाले भनिएको सावधानी अपनाउनु आवश्यक हुन्छ ।
_x000D__x000D_
_x000D__x000D_
दुखाइको कारणअनुसार फिजियोथेरापी
_x000D_- मसल्स स्पाजमले गर्दा दुखाई भएमा तातोले सकेर स्ट्रेचिङ्ग, मायोफेसिउल रिलिज, निङ्गि, रोलिङ्ग, ट्यापिङ्ग इत्यादि गरिन्छ ।
_x000D_- मांशपेशी टाइटनेसले गर्दा भएको दुखाइमा तातोले सकेर ३०–६० सेकेन्ड स्ट्रेचिङ्ग गरिन्छ र आफंै गर्ने तरिका सिकाइन्छ ।
_x000D_- मांशपेशी कमजोर भएर दुखेमा मांशपेशीलाई बलियो बनाउन स्ट्रेन्थेनिङ्ग व्यायामहरु जस्तैः खुट्टा खुम्च्याएर कम्मर माथि उचाल्ने, कम्मरले मुनितिर धकेल्ने, कोर मसल्स स्ट्रेन्थेनिङ्ग इत्यादि गराइन्छ ।
_x000D_- मसल्स टिअर भएर दुखेमा आइस प्याकले १५–२० मिनट सेकेर आइ.एफ.टी. मेसिनको प्रयोग गरी दुखाइ कम गर्न सकिन्छ भने च्यातिएको मांशपेशीलाई चाँडो निको पार्न अल्ट्रासाउण्ड मेसिन प्रयोग गरिन्छ ।
_x000D_- हड्डी खिइएको कारणले भएको दुखाइमा आइ.एफ.टी. मेसिन लगाएर मांशपेशीलाई बलियो बनाउने अभ्यासहरु गराई हड्डीलाई आफ्नो ठाँउमा तानेर राख्न मद्दत पु¥याउँछ । जसले अझै खिइनबाट जोगाउँछ ।
_x000D_- गर्भवती भएको बेला दुखेमा भिन्न प्रकारका व्यायामहरु गराइन्छ ।
_x000D_- नशा च्यापिएका कारणले भएको दुखाइ र खुट्टा झमझमाएको, पोलेको कम गर्न ट्राक्सन मेसिनको प्रयोग, मांशपेशीको दुखाइ कम गर्न टेन्स मेसिनको प्रयोग र मांशपेशी बलियो बनाउन व्यायामहरु पनि गराइन्छ ।
_x000D__x000D_
- चोटपटक लागेर वा नशा च्यापिएर कुनै प्रकारको शल्यक्रिया गर्नुपरेमा शल्यक्रियापछि पनि फिजियोथेरापी अनिवार्य गराउनुपर्छ ।
_x000D__x000D_
_x000D__x000D_
ढाड दुख्ने समस्या हुँदा गर्नुपर्ने र गर्न नहुने कुराहरु :
_x000D__x000D_
गर्नुपर्ने कुराहरु :
_x000D_ दुखाइ हुन्जेलसम्म नियमित फिजियोथेरापी सेन्टरमा गई दुखाइ कम गर्ने मेसिन लगाउने ।
_x000D_ दुखाइ कम भएपछि सिकाइएको व्यायाम नियमित गर्ने ।
_x000D_ काम गर्दा र गाडीमा हिंड्दा लम्बार बेल्टको प्रयोग गर्ने ।
_x000D_ पातलो डस्ना वा दरिलो सतहमा सुत्ने ।
_x000D_ खोक्दा वा हाच्छिउँ गर्दा ढाड पछाडितिर ढल्काउने ।
_x000D_ सामान उचाल्दा ढाड सिधा राख्ने ।
_x000D_ लामो समय उभिनु पर्दा दुवै खुट्टामा बराबर भार दिएर उभिने ।
_x000D_ बसेर काम गर्दा ढाड सिधा राखेर पछाडि तल्लो भागदेखि नै अडेस लागेर बस्ने ।
_x000D_ बसेर उठ्दा ढाडको सामान्य अवस्थालाई कायम राख्ने ।
_x000D_ रोकथाम र अझै बढ्न नदिन भनिएको सावधानी अपनाउने ।
_x000D__x000D_
गर्न नहुने कुराहरु :
_x000D_ अगाडि ननिहुँरिने ।
_x000D_ धेरै बेरसम्म लगातार नहिंड्ने ।
_x000D_ एउटै अवस्थामा धेरै समय नबस्ने ।
_x000D_ धेरै समयसम्म नउभिने ।
_x000D_ दुखेको बेला लामो समय गाडीमा यात्रा नगर्ने ।
_x000D_ भारी सामान एक्लै नउचाल्ने ।
_x000D_ दौडने, उफ्रिने, कुद्ने जस्ता क्रियाकलाप नगर्ने ।
_x000D_ खुट्टा तेस्र्याएर नबस्ने ।
_x000D__x000D_
-(डा. सोनी देव न्युरो अस्पताल, बाँसबारीमा फिजियोथेरापी विभागको विभागीय प्रमुख हुन्)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।