काठमाडौं– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक लगातार तेस्रो पटक स्थगित भएको छ।
_x000D__x000D_
आज (आइतबार) बिहान ११ बजेका लागि बोलाइएको बैठक आइतबार दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको नेकपाले जनाएको छ।
_x000D__x000D_
११ बजेसम्ममा सबै सचिवालय सदस्यहरु उपस्थित हुन नसक्ने भएपछि बैठक २ बजेका लागि सारिएको सूचना केन्द्रीय कार्यालय, धुम्बाराहीमा टाँसिएको छ।
_x000D__x000D_
यसअघि गत असोज २४ र २७ गते बोलाइएको बैठक पनि बस्न सकेको थिएन। आन्तरिक तयारी नपुगेको तथा दसैंका बेला नेताहरु काठमाडौंमा उपलब्ध हुन नसकेको भन्दै सूचना टाँस गरी बैठक स्थगित गरिएको थियो।
_x000D__x000D_
आज बस्ने बैठकमा पार्टी र सरकारको कामको समीक्षा तथा जिल्ला कमिटीको एकीककरण प्रक्रियासम्बन्धी कार्यसूचीमाथि गम्भीर छलफल हुने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।