काठमाडौं– स्पेनको फुटबल क्लब एथ्लेटिको मड्रिडले नेपालको फुटबल विकासका लागि सहयोग गर्ने भएको छ।
_x000D__x000D_
विश्वभर अन्तर्राष्ट्रिय सामाजिक विद्यालयहरू बनाएर फाउन्डेसनमार्फत सहयोग गर्दै आएको एथ्लेटिको मड्रिडले गैरआवासीय नेपाली सङ्घका अध्यक्ष भवन भट्ट अध्यक्ष रहेको बिबी ट्रस्टमार्फत चन्द्रागिरि नगरपालिकामा रहेको वेष्ट काठमाडौं फुटबल क्लबलाई सहयोग गर्ने भएको हो।
_x000D__x000D_
क्लबका इन्टरनेसनल एक्सपान्सन एन्ड एकेडेमी म्यानेजर फर्नान्डो लोपेज र गैरआवासीय नेपाली सङ्घका अध्यक्ष एवम् बिबी ट्रस्टका अध्यक्ष भट्टबीच सहयोगसम्बन्धी दुई पक्षीय सम्झौतामा हस्ताक्षर भएको अध्यक्ष भट्टले जानकारी दिए।
_x000D__x000D_
सम्झौताअनुसार क्लबले काठमाडौं फुटबल क्लबलाई आर्थिक तथा खेल सामग्री सहयोग गर्नेछ।
_x000D__x000D_
अध्यक्ष भट्टले सम्झौताले नेपाली फुटबलमा नयाँ आयाम कोर्न सफल भएको बताए।
_x000D__x000D_
‘स्पेनिस क्लबहरूले विश्वका विभिन्न मुलुकमा आफ्ना फाउन्डेसनमार्फत सहयोग मात्र गरेका छैनन्, खेलाडीहरूलाई अवसर पनि दिएका छन्। त्यसैले यो नेपाल र क्षमतावान् नेपाली खेलाडीहरूका लागि पनि ठूलो अवसर हो’, उनले भने।
_x000D__x000D_
एथ्लेटिको मड्रिडका बजार प्रबन्धक लिपेजले यो क्लबको सुरुवाती सहयोग मात्र रहेको र पछिल्ला दिनमा यसको दायरा फराकिलो पार्दै लैजाने बताए।
_x000D__x000D_
‘यस्तो सहयोगका लागि क्लबले आफ्नो कूल बजेटको एक प्रतिशत रकम छुट्याउने गरेको छ। अहिले पोर्चुगल, निकारागुआ, मोरक्को, भारत, हाइटीलगायत स्पेनमा नै ११ वटा सामाजिक विद्यालयमा क्लबले सहयोग गरिरहेको छ,’ उनले भने।
_x000D__x000D_
नेपाल र स्पेनको फुटबललाई जोड्ने अभियानमा सक्रिय रूपमा लागि परेका एनआरएनए युरोप क्षेत्रका उपसंयोजक एकराज गिरीले सुरुवातमा क्लबलाई खेल सामग्री र डाइट तथा जर्सी सहयोग हुने र पछि सहयोका क्षेत्र वृद्धि हुने जानकारी दिए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।