काठमाडौं– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज(आइतबार) बस्दैछ। प्रधानमन्त्री निवासमा बालुवाटारमा बिहान ११ बजेका लागि बैठक बोलाइएको छ।
_x000D__x000D_
सचिवालय बैठक तल्लो तहमा पार्टी एकता र समसामयिक विषयवस्तुबारे छलफल गर्नका लागि बोलाइएको हो।
_x000D__x000D_
यसअघि गत असोज २४ गते र २७ गते बोलाइएको बैठक पनि बस्न सकेको थिएन। आन्तरिक तयारी नपुगेको तथा दसैंका बेला नेताहरु काठमाडौंमा उपलब्ध हुन नसकेको भन्दै सूचना टाँस गरी बैठक स्थगित गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।