एजेन्सी– अल्पसंख्यक मुस्लिम समुदाय उइघुरलाई दमन गरेको भन्दै अन्तर्राष्ट्रिय समुदायबाट आलोचित भएको चीन सरकारले यस विषयमा आफ्नो बचाउ गरेको छ। चीनको उत्तर–पश्चिमी क्षेत्र सिङजियान प्रान्तमा बस्ने यो समुदायलाई चीन सरकारले पुनः शिक्षा केन्द्रमा राखेको भन्दै उसको आलोचना भएको हो।
_x000D__x000D_
चीन सरकारका एक उच्च अधिकारीले यसलाई अल्पसंख्यक मुस्लिम समुदायको मानव अधिकारको हनन भन्न नमिल्ने भन्दै उइघुर समुदायलाई मानवीय र कानुनी प्रशिक्षण केन्द्रमा राखेको बताएका छन्।
_x000D__x000D_
अधिकारवादी संस्थाहरु, पश्चिमा सरकार, अमेरिकी कानुन व्यवसायीहरु, संयुक्त राष्ट्रसंघ लगायतले चीनले अल्पसंख्यक मुस्लिम समुदायलाई पुनः शिक्षाको नाममा दमन गरेको भन्दै चीनको यस नीतिको चर्को आलोचना गरेका छन्। कति मुस्लिम समुदायलाई पुनः शिक्षाको नाममा चलाइएको तालिममा सहभागी गराइएको यकिन नभएपनि यो संख्या १० लाखको हाराहारीमा हुनसक्ने अनुमान गरिएको छ।
_x000D__x000D_
तर, सिङजियाङ प्रान्तका प्रमुख सोहत जकिर आफैं उइघुर समुदायका हुन्। जकिरले यसलाई आतंकवाद विरुद्धको तामिमका रुपमा लिनु पर्ने बताएका छन्। यस शिक्षाले उइघुर समुदायलाई रोगजारीमुलक शिक्षा, चिनियाँ भाषा र कानुनका विषयमा ज्ञान प्रदान गरेको उनले दाबी गरेका छन्। ‘यो एक निकै नै प्रभावकारी उपाय हो, जसका माध्यमबाट हाम्रो भूमिमामा हुर्किन सक्ने आतंकवाद र अतिवादमा नलाग्न हाम्रा नागरिकलाई सचेत बनाउँछ’, जाकिरले भने, ‘यो क्याप स्थापना भएपछि सिङजियाङवासी उइघुर समुदायबाट हामीले धेरै नै सहयोग प्राप्त गरेका छौँ।’
_x000D__x000D_
चीनको उत्तर–पश्चिम प्रान्तमा बसोबास गर्ने अल्पसंख्यक मुस्लिम उइघुर समुदायमाथिको दमनलाई अन्तर्राष्ट्रिय मुस्लिम समुदायले खासै चासो नदिनु आश्चर्यको विषय भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले बताएका छन्।
_x000D_
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।