राजविराज– सप्तरीको राजगढ गाउँपालिका–३ कट्टीमा करेन्ट लागेर शनिबार साँझ एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय १४ वर्षीय उमेशकुमार साह रहेको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ।
_x000D__x000D_
आफ्नै फूलबारीमा पानी तान्ने मोटर चलाउने क्रममा उनलाई करेन्ट लागेको थियो।
_x000D__x000D_
करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल भर्ना गरिए पनि उपचारकै क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ।
_x000D__x000D_
घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।