एजेन्सी– युरोपियन च्याम्पियन रियल म्याड्रिडले खराब प्रदर्शन जारी राखेको छ। ला लिगा तथा च्याम्पियन्स लिगका खेलमा संघर्ष गरिरहेको रियल शनिबार साँझ भएको खेलमा पराजित भएको हो।
_x000D__x000D_
शनिबार साँझ स्पेनिस ला लिगाअन्तर्गत भएको खेलमा रियललाई लेभान्तेले २–१ गोलले हरायो। लेभान्तेले पहिलो हाफमै २ गोल गरेर अग्रता लियो। उसका लागि मोरालेसले छैटौं र मार्टीले १३ मिनेटमा पेनाल्टीमा गोल गरेका थिए। रियलका लागि मार्सेलोले खेलको ७२ मिनेटमा गोल गरे पनि त्यो सान्त्वनामै सीमित बन्यो।
_x000D__x000D_
्रियलले पछिल्ला ५ खेलमा जित निकाल्न सकेको छैन। गत सेप्टेम्बरमा इस्प्यान्योललाई १–० गोलले हराए यता रियलले जित निकाल्न सकेको हो। त्यसयता रियललाई ला लिगामा सेभिल्लाले ३–० ले हराएको थियो। लगत्तै भएको म्याड्रिड डर्बीमा रियल र एट्लेटिकोले गोलरहित बराबरी खेलेका थिए।
_x000D__x000D_
त्यसपछि भएको च्याम्पियन्स लिगको खेलमा रियललाई रसियन क्लब सिएसकेए मस्कोले १–० गोलले पराजित गरेको थियो। यस्तै पछिल्लो ला लिगाको खेलमा रियललाई अलाभेसले १–० गोलले पराजित गर्दा रियल लगातार चौथो खेलमा गोल तथा जितबिहीन बनेको थियो। पाँचौ खेलमा पनि जितबिहीन बनेको क्रममा रियललाई शनिबार लेभान्तेले सिकार बनायो।
_x000D__x000D_
_x000D__x000D_
पाँचौ खेलमा पनि गोलबिहीन हुनबाट भने मार्सेलले जोगाए। उनले रियलका लागि ४ सय ८२ मिनेटपछि गोल गरेका हुन्।
_x000D__x000D_
हारसँगै रियल ला लिगाको अंक तालिकाको पाँचौ स्थानमा सीमित छ। रियलले ९ खेलबाट १४ अंक जोडेको छ। शीर्ष स्थानको अलाभेसको ९ खेलबाट १७ अंक छ। एक खेल कम खेलेको दोस्रो स्थानको सेभिल्लाको १६ अंक छ भने साविक विजेता बार्सिलोना १५ अंक जोडेर तेस्रो स्थानमा छ। १५ अंक जोडेको एट्लेको चौथो स्थानमा छ।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।