बझाङ– बझाङ जिल्लामा अवपस्थित साइपाल हिमाल आरोहण हुने भएको छ। साइपाल हिमाल आरोहण गर्न शनिबार जिल्ला सदरमुकामबाट साइपाल हिमालतर्फ एक टोली आज प्रस्थान गरेको छ।
_x000D__x000D_
आरोहण गर्ने टोलीमा चार बझाङ्गी चेलीसहित ३७ जना चैनपुरबाट साइपाल हिमाल तर्फ हिँडेका हुन्। शनिबार बिहान चैनपुरमा उनीहरुलाई आरोहरणको शुभकामना दिदै बिदाई गरिएको छ ।
_x000D_सुदूरपश्चिम मै पहिलो पटक हुन लागेको आरोहणमा ४ जना बझाङ, १२ जना विदेशी र अन्य गरी ३७ जनाको टोली त्यस तर्फ लागेको छ ।
_x000D__x000D_
३७ मध्ये १५ जनाले साइपाल हिमाल आरोहण गर्नेछन् भने बाँकी बेस क्याम्प बस्ने मिसन साईपालका निर्देशक भोजराज भट्टले जानकारी दिए।
_x000D__x000D_
शनिबार बिहान चैनपुरबाट हिँडेको यो टोली चार दिन लगाएर साइपाल हिमालको बेस क्याम्पमा पुग्नेछ भने आरोहण गर्न १२ दिन लाग्ने भाटले जानकारी दिए। आरोहण कै लागि ३५ दिन लाग्ने अनुमान गरिएको छ।
_x000D__x000D_
अहिले पश्चिमी हिमालहरुमा मौसम प्रतिकुल हुने भएकाले आरोहणमा अफ्ठ्यारो नहुने भाटले बताए। अक्टोबार १७ मा हिमाल आरोहण गर्ने लक्ष्य भएपनि विदेशबाट हिमाल आरोहण लगायतका सामाग्री आउन समय लागेकाले केहि दिन ढिला आरोहण हुन लागेको मिसन साइपाल अभियानकर्मी तथा फिल्म निर्देशक भाटले बताए।
_x000D__x000D_
_x000D__x000D_
सो आरोहणलाई समेटेर डेढ करोड लगानीको डकुमेन्रीमय पनि बन्ने भएको छ । जसको नाम मिसन साइपाल रहनेछ । साइपाल आरोहणले अग्ला तथा टाकुरामा विशेष गरी महिलाले जानु हुँदैन भन्ने मान्यताको अन्त्य गर्नेछ भने संसारकै प्रख्यात आरोहीहरूलाई यस अभियानमा सहभागी गराएर ७ नम्बर प्रदेशलाई विश्वसामु चिनाउने यसको मुख्य लक्ष्य रहेको छ।
_x000D__x000D_
महिनावारी भएका महिला अथवा कुनैपनी महिलासँग शारीरीक सम्बन्ध राखेको पुरूषले हिमालको आसपास पुगे मात्रै पनि विराजमान देवता रिसाउँछन् र घरपरिवारमा ठूलै अनिष्ट हुन्छ भन्ने अन्धविश्वास रहेको छ । यही मानसिकताले गर्दा हिमालको सौन्दर्यले मन्त्रमुग्ध भए पनि स्थानीयले चढ्ने साहस गर्दैनन्।तर हिजोआज हिमाल चढ्ने कुरा सामान्य भइसक्यो । अन्धविश्वासले गाँजिएको समाजका अगाडि छोरीले पनि अवसर पाए चुनौती चिर्दै सफलताको शिखर चुम्न सक्छन् भन्ने देखाउनु मिसन साईपाल संस्थाबाट हिमाल आरोहण गर्न लागेकी चारै जनाका बझाङकी चेलीका संकल्प हो । टोलीमा संगिता रोकाया, लक्ष्मी बुढा, सरस्वती थापा र पबित्रा बोहोरा रहेकी छन् ।
_x000D__x000D_
यसअघिसम्म नेपाल पर्यटन विभागको आधिकारिक जानकारीमा सरकारको इजाजत लिएर कसैले पनि साइपाल आरोहण गरेका छैनन्। दक्षिणी मोहडाबाट साइपाल चढ्न निकै गाह्रो रहेको लेखहरूमा पढ्न पाइन्छ।यही मोहडाबाट साइपाल चढ्ने चेलीहरूले हिम्मत कसैको छैन् । मिसन सफल भएमा उनीहरू आधिकारिक रूपमा साइपाल चढ्ने पहिलो त हुने नै छन् । हिमाल आरोहणको ढोका उघार्ने पहिलो बझाङ्गी पनि हुनेछन् । साइपाल प्राकृतिक सौन्दर्य र पर्यटकीय सम्भावना हिसाबले पनि धनी छ । तर राष्ट्रिय मुलधारमा खासै चर्चामा छैन।
_x000D__x000D_
_x000D__x000D_
नेपालको पर्यटन उद्योग काठमाडौं र पोखरा उपत्यका, चितवन, खुम्बु र अन्नपूर्ण क्षेत्रमै सीमित छ । नेपालमा विदेशी पर्यटक वर्षमा १० लाख जति आउन थालिसके, तर साइपाल क्षेत्रमा मुस्किलले एक दर्जन पनि पुग्दैनन् । उनीहरू यहि अक्टोबर २४ मा बेसक्याम्प जानेछन् र साइपालमा ३५ दिन बिताउँनेछन्। साइपाल आरोहणमा चासो देखाउने १५ मध्ये उत्कृष्ट चारमा छनौट भएका यी चेलीहरूको नाम छनौट भएको हो । विश्व विख्यात आरोही डा. जर्ज, एडुर्ने पासावनसँगै आरोहण गर्ने मौका पनि पाएका छन् । डा. जर्ज इगोसिगा र एडुर्ने पासावन संसारका आठ हजारभन्दा माथिका १४ वटै हिमाल चढिसकेका व्यक्ति हुन् ।
_x000D__x000D_
अझ महिलामा यी १४ वटा हिमाल चढ्नेमा अहिलेसम्म एडुर्ने एकमात्र पहिलो नाम हो । डा. जर्ज र एडुर्नेसँगै अन्य १२ जना प्रख्यात आरोही पनि यस अभियानमा सामेल हुँदैछन ।
_x000D__x000D_
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।