दसहरा कार्यक्रममा दुर्घटना हुँदा ६२ जनाको मृत्यु

 

Nepal Live

भारत– पञ्जाबको अमृतसरमा दसहरा उत्सव मनाउने क्रममा भएको दुर्घटनामा कम्तीमा ६२ जानाको मृत्यु भएको छ। सहरको एक रेलवे स्टेसनको नजिक रावणको पुत्ला जलाउने क्रममा उक्त दुर्घटना भएको हो। 

पञ्जाब पुलिस प्रशासनका अनुसार दुर्घटनामा परी कम्तीमा १५० जना घाइते भएका छन्। उनीहरुको उपचार अमृतसरको विभिन्न अस्पतालमा भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। यो घटना किन र कस्का गल्तीका कारण भएको हो भन्ने पुष्टि नभएको र यस विषयमा जाँच गर्न पञ्जाब सरकारले आदेश दिइसकेको छ। 

पञ्जाब सरकारका मन्त्री नवजोत सिंह सिद्धुकी पत्नी डा. नवजोत कौर पनि रावण दहनका कार्यक्रममा उपस्थित थिइन्। उनी घटनास्थलमा उपस्थित भए पनि घटनापछि सो स्थलमा छोडेर गएको आरोप विपक्षीले लगाएका छन्। डा.कौरले भने यसलाई अफवाह भन्दै आफू घटनास्थलमा नै रहेको बताएकी छन्।

रेलवे स्टेसनमा कार्यक्रम आयोजना गरिएको विषयमा आफूहरुलाई जानकारी नभएको रेलवे विभागका उच्च अधिकारीले बताएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

घटनामा ज्यान जाने कुनै पनि मानिस रेलका यात्रु नभएकाले विभागले घटनामा मृत्यु र घाइते हुनेका लागि कुनै क्षतिपूर्ति दिन नसक्ने विभागले जनाएको छ। 

तर रावण दहन कार्यक्रमा उपस्थित व्यक्तिहरुले आफूहरुले कार्यक्रमका बारेमा स्थानीय प्रशासनलाई जानकारी गराएको बताएका छन्। कार्यक्रमका विषयमा प्रशासनलाई जानकारी गराएकाले नै वरिष्ठ मन्त्रीकी श्रीमती कार्यक्रममा उपस्थित भएको उनीहरुले दावी गरेका छन्।

गत हप्ता पनि भारतको उत्तर प्रदेशमा भएको एक रेल दुर्घटना पाँच जनाको मृत्यु भएको थियो भने ३५ घाइते भएका थिए। 

एजेन्सी

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार