मुम्बई (एजेन्सी)– एउटै फिल्मबाट करौडौं रुपैयाँ कमाउने बलिउडका सुल्तान सलमान खान २ करोडको घोडा किन्न असफल भएका छन्। सलमानसँग विश्वका महँगा गाडीहरूको कलेक्सन छ। तर, उनले खरिद गर्न खोजेको घोडा भने किन्न सकिरहेका छैनन्।
_x000D__x000D_
पछिल्लो समय सलमानलाई सेतो रङको एउटा घोडा खुब मन परेको थियो। यसका लागि उनले २ करोडको बोली पनि लगाएका थिए।
_x000D__x000D_
उनले घोडा खरिद गर्न आफ्नो एजेन्टलाई अगाडि पनि सारेका थिए। तर, ओलोपाडमा बसोबास गर्ने घोडा मालिक सिराज खानले बेच्न मानेनन्।
_x000D__x000D_
यसको कारण सिराज एकछिन पनि आफ्नो घोडालाई छोड्न नसक्ने बताइएको छ। गत वर्ष मात्र यही घोडाका लागि पञ्जाबको राजनीतिक बादल परिवारले १ करोड ११ लाख रुपैयाँ बोली लगाएका थिए।
_x000D__x000D_
यतिबेला पनि सिराजले आफ्नो घोडा सकबलाई बेच्न अस्विकार गरेका थिए। सिराज आफ्नो घोडा अमूल्य भएको बताउँछन्। उनले यो घोडा २०१५ मा जेसलमेरबाट १४ लाख रुपैयाँमा खरिद गरेका थिए।
_x000D__x000D_
यो घोडा महँगो हुनुको कारण हो यसको प्रजाति। सकब प्रजातिको घोडा दुर्लभ मानिन्छ। यसको आयु ६ वर्ष मात्र हुन्छ। तर, यसले विभिन्न हर्कत गर्नेगर्छ। सकब ४५ किलोमिटर प्रतिघन्टाको बेगमा दौडिन सक्छ।
_x000D__x000D_
यो भारतको सबैभन्दा तीव्र गतिमा दौडिने घोडा पनि हो। सकबले अहिलेसम्म ३ वटा राष्ट्रिय अवार्ड जितिसकेको छ। ३१ जनवरीमा राजस्थानमा भएको जेसलमेर मरुभूमि महोत्सवमा पनि यसले अरु घोडालाई धेरै पछाडि छोडेको थियो।
_x000D__x000D_
विश्वमा यो प्रजातिको घोडा अन्य दुई वटा देशमा मात्र छ। यो घोडासँग मिल्दोजुल्दो प्रजाति अमेरिका र क्यानडामा पाइन्छ। सलमान र बादल परिवार मात्र होइन, यसलाई किन्न अरु थुप्रै करोडपतिहरूले बोली लगाइसकेका छन्।
_x000D__x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।