मलेसिया- मलेसियाली नेता अन्वर इब्राहिमलाई यहाँका नागरिकले अबको प्रधानमन्त्रीका रुपमा हेर्न थालेका छन् ।
_x000D__x000D_
प्राप्त समाचार अनुसार मलेसियाको मुलधारको राजनीतिमा आउने तयारी गरिरहेका नेता इब्राहिमलाई मलेसियाका नागरिकले आगामी प्रधानमन्त्रीका रुपमा चर्चा थालेका हो ।
_x000D__x000D_
मलेसियाको प्रमुख विपक्षी नेता रहेका इब्राहिम पुर्ववर्ती सरकारका पालामा जेल परेका थिए । जेल सजाय भोगेका उनी वर्तमान प्रधानमन्त्री महाथिर मोहम्मदको सरकार बनेपछि रिहा भएका थिए ।
_x000D__x000D_
उनी गत शनिबारमात्र सम्पन्न एक उपनिर्वाचनमार्फत संसद सदस्य पनि विजयी भएका छन् । । सो विजयसँगै उहाँलाई हालका मलेसियाली प्रधानमन्त्री ९३ वर्षीय महाथिर मोहम्मदपछिको प्रधानमन्त्रीका रुपमा हेर्न थालिएको हो ।
_x000D__x000D_
उक्त उपनिर्वाचनमा विजयी भएसँगै मलेसियामा यो चर्चा चलेको समाचारमा जनाइएको छ । मलेसियामा यसैवर्ष सम्पन्न आमनिर्वाचनका समयमा पनि इब्राहिमको राजनीतिक दलसँग वर्तमान प्रधानमन्त्री मोहम्मदले सत्ता साझेदारीको सहमति गरेका बताइएको थियो ।
_x000D__x000D_
सोही सहमति बमोजिम नै उहाँलाई उपनिर्वाचनमा उम्मेदवार बनाइएको र अब उहाँ महाथिरपछिको प्रधानमनन्त्री बन्ने चर्चा गरिएको हो ।
_x000D__x000D_
यसअघि राजनीतिबाट विश्राम लिने घोषणा नै गर्नुभएका ९३ बर्षीय महाथिरले देशमा भ्रष्टाचार बढेको र देशको राजनीति गलत बाटोतर्फ गएको भन्दै सुधारका लागि आफूहरुले गठबन्धन गरेर राजनीतिमा फर्किनु परेको बताउनु भएको थियो ।
_x000D__x000D_
तर अघिल्लो सरकारले नेता इब्राहिमलाई पनि भ्रष्टाचारको आरोपमा जेल हालेको थियो । पछि उहाँलाई काराबासको सजाय दिइएको थियो । महाथिरको सरकार बनेपछि उहाँ रिहा हुनुभएको हो ।
_x000D_भावी प्रधानमन्त्रीका रुपमा ७१ वर्षीय राजनीतिज्ञ अन्वार इब्राहिमलाई हेर्न थालिएको चर्चा यतिखेर मलेसियामा चलेको छ ।
_x000D__x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।