_x000D_कैलाली- कैलाली सहित तराई क्षेत्रमा रावण जलाएर राम नवमी मनाइएको छ ।
_x000D_धनगढीमा नगर प्रमुख नृप वडले रावण जलाएका हुन । यस दिनलाई रामले विजयी गरेको दिनमा हिन्दु धर्मावलम्बीले रावणला दोहन गरेर मनाउने गरेका छन । रावणको पुत्ला बनाईएकोमा नगर प्रमुख वडले तिरबाट आगो लगाएका थिए । राम नवमी हिन्दू धर्मावलम्बीहरूको एक पर्व हो । प्रख्यात हिन्दू धर्म ग्रन्थ रामायणका अनुसार यो दिनलाई भगवान् श्री राम चन्द्रको जन्म दिनको रुपमा लिइन्छ । यो पर्व चैत्र नवरात्रको विचमा आउने भएकाले यो दिन भगवान् श्री रामका साथै नव दुर्गा देवीको पनि पूजा गरिन्छ । त्रेता युगमा चैत्र शुक्ल नवमीका दिन अयोध्यामा जन्मेका श्रीरामले दानवीय प्रवृत्तिका रावणको अन्त्य गरी जनकल्याण गरिएको सम्झनामा यो पर्व मनाइन्छ ।
_x000D_सोही दिनको सम्झनामा धनगढीस्थित खुल्ला मैदानमा भव्य मेला लाग्ने गर्दछ । मेलामा नेपाल तथा भारतका हजारौं श्रद्धालुको घुइँचो लाग्छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।