कञ्चनपुर- कञ्चनपुरको कृष्णपुर सिंहपुरका जोगराज चौधरीमा मुग्रहवा नृत्यसहित देशबन्धीया गुरुवाको घरमै नृत्य टोलीसहित पुगेर टीका थाप्दा बेग्लै खुशी देखिन्थ्यो ।
_x000D_पच्चीस किलोमिटरको बस यात्रा तय गर्दै उहाँले शुक्लाफाँटा नगरपालिका–३ जोनापुरका गुरुवा फूलराम चौधरीको घरमा पुगेर टीका थापेका हुन ।
_x000D_गुरुवाको हातको टीका थाप्न टाढाबाट सो समुदायका मानिसहरु आएका थिए ।
_x000D__x000D_
‘‘मुग्रहवा नृत्य लोपोन्मुख अवस्थामा पुगेकाले सबैलाई देखाएर मनोरञ्जन गर्न आएको छु ।’’ उनले भने, “थारु समुदायमा देशबन्धीया गुरुवाको स्थान सबैभन्दा उच्च हुने हुँदा टीका थाप्न आएका हौँ ।”
_x000D__x000D_
थारु समुदायको बडादशैँको टीका थाप्न जाँदा नृत्यसहित पहुरा (कोसेली) लिएर जानुपर्ने चलन छ । उनीहरु पहुराका रुपमा टीका, जमरा, बेवरी, चामल र मदिरा लिएर जान्छन् ।
_x000D__x000D_
गुरुवासँगै गाँउका मान्यजन, वडाध्यक्ष, वडा सदस्य, बडघर, केसौका र चौकिदारको घरमा कोसेलीसहित पुगेर टीका थाप्नुपर्ने चलन छ । शुक्लाफाँटा नगरपालिका–३ का पुरन चौधरीले वडाध्यक्ष नरेन्द्रप्रसाद चौधरीको घरमा सखिया नृत्य टोलीसहित पुगेर टीका थापेको उनले बताए ।
_x000D__x000D_
पालो पर्खदै पहुरा लिएर थारु समुदायका बालबालिका, बुढापाका, महिला र तन्नेरी टीका थाप्न मान्यजन कहाँ जाने गर्छन् । टीका थाप्न गाँउगाँउबाट सखिया, छोक्रा, लठुवा, र छोक्रा नाचसँगै पहुरारुपसहित मान्यजन कहाँ चलन रहेको स्थानीयबासी परदेशी चौधरीले बताए । राजेन्द्रप्रसाद पनेरु रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।