_x000D_
काठमाडौं- दशैको टिका जमरामा देशभर उल्लांसका साथ रमाउँदा सेलिब्रेटि कलाकारहरुले पनि रमाए ।
_x000D__x000D_
केही समय संगै बस्न थालेका प्रियंका कार्की र आयुष्मान देशराज जोशीसंगै टिका थापिन् । उनकै भनाईका छिटै विवाहको तयारीले पहिलो पटक सगैं टिका लगाए । हास्य कलाकार हरिवंश आचार्यले परिवारसँग टिका लगाएर परिवारका साथ रमाइलो गरे भने सिताराम कट्टेल, कुञ्जना घिमिरे र केदार घिमिरेले पनि टिकाका साथ रमाइलो गरे ।
_x000D__x000D_
_x000D__x000D_
त्यसै गरि अभिनेत्री रेखा थापाले समेत टिको लगाउँदै सामाजिक सञ्जालमा फोटो राखिन । अभिनेत्री कार्कीले यसपाली हुनेवाला श्रीमान्सँग टिका थापेकी छिन् । अभिनेतासमेत रहेका देशराज जोशीसँग उनले आफ्ना आमाबुबाको हातबाट टिका थापेको तस्विर फेसबुकमा अपलोड गरेकी छिन् ।
_x000D__x000D_
_x000D__x000D_
तेस्रो पुस्ताकी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह आफ्ना समकक्षीभन्दा एक कदम अघि छिन् । उनले रातो कुर्तामा रातै टिका र जमरा लगाएको तस्विर फेसबुकमा राखेकी छिन् । धुर्मुस सुन्तली अर्थात सीताराम कट्टेल-कुञ्जना घिमिरेले तस्विर फेसबुकमा अपलोड गर्ने गरेका छन् ।
_x000D__x000D_
_x000D__x000D_
उनीहरुले यसपाली आफ्ना जोडीको मात्र होइन, छोरी र समग्र परिवारकै तस्विर पोस्ट गर्दै फेसबुकलाई दशैंमय बनाइदिएका छन् । सीताराम दौरा सुरुवाल र टोपीमा देखिएका छन् । कुञ्जना रातो कुर्तामा निकै खुलेकी छिन् । अहिलेका सर्वाधिक व्यस्त गायिका मेलिना राई राई टिका थाप्दै गरेको तस्विर पोस्ट गरेकी छिन् । मेलिनाले सेतो टिका लगाएकी छिन् ।
_x000D__x000D_
_x000D__x000D_
वर्षा सिवाकोटीले पनि दशैं तस्विर पोस्ट गरेकी छैनन् । वर्षाले थरीथरीका पोजमा तस्विर अपलोड गरेकी छिन् । कलाकार हरिवंश आचार्यले श्रीमती रमिला, छोरो मोहितबंश र बुहारीसहितको तस्विर पोस्ट गरेका छन् । र, लेखेका छन्, ‘हाम्रा दशैं सुरु भयो ।’
_x000D__x000D_
प्रियंका कार्की र आयुष्मान देशराज
_x000D__x000D_
_x000D__x000D_
_x000D__x000D_
_x000D__x000D_
_x000D__x000D_
_x000D__x000D_
, सिताराम र कुञ्जना
_x000D__x000D_
_x000D__x000D_
_x000D__x000D_
हरिवंश आचार्य
_x000D__x000D_
_x000D__x000D_
_x000D_वर्षा शिवाकोटी
_x000D__x000D_
_x000D__x000D_
मेलिना राई
_x000D__x000D_
_x000D__x000D_
सम्राज्ञलक्ष्मी शाह
_x000D_
केदार घिमिरे _x000D_
_x000D_
रेखा थापा
_x000D_