सप्तरी- राजविराज नगरपालिका–६ स्थित जिल्ला प्रहरी कार्यालय प्रमुखको निवाससँग जोडिएको घरमा एक्लै बस्दै आएकी ५० वर्षीया आशा देवको हत्या भएको छ । उनको हत्या किन र कसले गरेको रहस्यमै रहेको प्रहरीले जनाएको छ ।
_x000D__x000D_
मृतकको टाउकोमा इँटा प्रहार गरी हत्या गरेको अनुमान प्रहरीको छ । रक्ताम्य अवस्थामा आज बिहान उनको शव फेला परेको थियो । मृतकको टाउको र दायाँ आँखामा गम्भीर चोट लागेको छ । प्रहरीका अनुसार टाउकोमा छ इन्च लम्बाइ र चार इन्च चौडाइको गहिरो खत रहेको छ ।
_x000D__x000D_
रगत लागेको इँटा प्रहरीले बरामद गरेको छ । शव परीक्षणका लागि राजविराजस्थित अञ्चल अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।
_x000D__x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।