दशैँमा पनि हुम्लीलाई कामको चटारो

 

Nepal Live

हुम्ला- नेपालीको महान् पर्व बडादशैँका बेला हुम्लाका बासिन्दाले दशैँलाई भन्दा पनि कामलाई बढी महत्व दिने गरेका छन् । 

दशँैका बेला गाउँघरमा किसानलाई कात्तिके कामले छोएको छ । यति बेला दशैँसँगै कात्तिके बालीनाली भित्र्याउने समय पनि भएकाले दशैँलाई ओझेलमा पारेको चङ्खेली गाउँपालिकाका भक्तराज ऐडीले बताए । हुम्ला  जिल्ला हुम्लामा एक बाली मात्र खेती हुने  भएकाले उनीहरु कामकाे चटाराेमा रहेका छन् ।  छ महीनाको खेतीपातीले अर्को छ महीनासम्म पु¥याउनु पर्ने भएकाले यतिखेर यहाँका खेतीपातीमा लगाइएको कोदो, मकै, फापर, आलुजस्ता अन्न भित्र्याउन स्थानीयवासी व्यस्त छन् । कृषक बिहान ४ बजे उठेर खेतबारीको तुलफल टिप्ने र राति ८÷९ बजे घर फिर्ता हुने गरेको उनले जानकारी दिए  । 

वर्षमा एकचोटी आउने चाडमा पनि वैशाख, जेठमा लगाएका बालीनाली समयमै घर नभित्र्याउँदा बारीमै कुहिने चिन्ताले पनि यहाँका किसानले दशैँभन्दा महत्व कात्तिकको कामलाई दिने गरेको सिमकोट गाउँपालिका–२ ठेहेका हेमन्त बोहराले बताए । यति बेला पाकेका फलफूल समयमै घर नभित्र्याए चरा– चुरुङ्गीले खाने र पाकेको फल झरेर खेर जाने भएकाले पनि यहाँका कृषक व्यस्त भएका हुन् । 
 

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार