राष्ट्रपति,  प्रधानमन्त्री र  पुर्व राजाले सर्वसाधरणलाई अलग अलग टिका लगाउने

Nepal Live

काठमाडौं- विजया दशमीको शुभ साईतमा यस पटक राष्ट्रपति ,प्रधानमन्त्री र पुर्व राजाले अलग अलग सर्वसाधरणलाई टिका लगाउने कार्यक्रम तय गरेका छन् । विगतमा राष्ट्रपतिले सर्वसाधरणलाई टिका लगाउने कार्यक्रम गर्ने गरेकी थिइन् ।

यस पटक पनि राष्ट्रपति विद्यादेवि भण्डारीले त्यसलाई निरन्तरता दिन  शितल निवासमा टिका लगाउन लागेकी हुन् । त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि बालुवाटारमा सर्वसाधारणलाई यस पटक टिका लगाउने कार्यक्रम तय गरेका छन् ।

विगतदेखि टिका लगाउँदै आएका पुर्व राज ज्ञानेन्द्र शाहले पनि निर्मलनिवासवाट टिका लगाउने विगतको परम्परा निरन्तरता दिने कार्यक्रम रहेको छ । शाहले बहालवाला राजा हुदाँ र राज गद्धी त्यागेपछि पनि टिका लगाउने कार्यक्रमलाई निरन्तरता दिदै आएका छन । 

यस्तो छ प्रधानमन्त्रीको  कार्यक्रम 

प्रधानमन्त्री केपी ओलीको दसैं कार्यक्रम सार्वजनिक गरिएको छ। बुधबार प्रधानमन्त्री सचिवालय निकालेको तालिका अनुसार प्रधानमन्त्री ओलीले टीकाग्रहण र मन्त्री, सांसद, कर्मचारी, सुरक्षासम्बद्ध उच्च पदस्थ तथा सर्वसाधारणलगायतलाई टीका लगाइदिनेसम्मका सूचि रहेकाे छ । 

प्रधानमन्त्री ओलीले विजया दशमीको दिन असोज २ गते बिहान ९:४५–१०.०० पिता मोहनप्रसाद ओलीको हातबाट टीकाग्रहण गर्ने छन्। त्यसपछि बिहान १० बजेपछि प्रधानमन्त्रीको सचिवालयका सदस्यहरुलाई टीका लगाइदिएर दिउँसो १ बजे राष्ट्रपति विद्यादेवी भण्डारीबाट टीकाग्रहण गर्ने कार्यक्रम रहेको छ। त्यस्तै दिउँसो २ बजे मन्त्री, सांसद, पार्टी नेता तथा निजामति एवं सुरक्षासँग सम्बद्ध उच्चपदस्थ राष्ट्रसेवक–कर्मचारी तथा सुरक्षाकर्मीहरुलाई, अपरान्ह ३.३० देखि ५.३० सम्म पार्टी कार्यकर्ता तथा सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।

 साँझ ६:०० बजेदेखि परिवारका सदस्यहरुले प्रधानमन्त्रीबाट टीकाग्रहण गर्नेछन्। एकादशी असोज ३ गतेदेखि चतुर्दशी कार्तिक ६ गतेसम्म बिहान ९:०० देखि ११.०० सम्म कार्यकर्ताहरु र शुभचिन्तकहरुले प्रधानमन्त्री हातबाट टीकाग्रहण समय तालिका तय गरिएको छ।


यस्ताे छ  विस्तृतमा  प्रधानमन्त्री केपी शर्मा ओलीको  कार्यक्रम 
२०७५ असोज २ गते, शुक्रबार, दशमी

बिहान ९:४५–१०.००: प्रधानमन्त्रीद्वारा पिताजी मोहनप्रसाद ओलीको हातबाट टीकाग्रहण

बिहान १० बजेपछि प्रधानमन्त्रीको सचिवालयका सदस्यहरुद्वारा प्रधानमन्त्रीको हातबाट टीका ग्रहण

दिउँसो १.०० : प्रधानमन्त्रीद्वारा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीबाट टीका ग्रहण

दिउँसो २:०० : मन्त्री, सांसद, पार्टी नेता तथा निजामति एवं सुरक्षासँग सम्बद्ध उच्चपदस्थ राष्ट्रसेवक–कर्मचारी तथा सुरक्षाकर्मीहरुद्वारा प्रधानमन्त्रीबाट टीका ग्रहण
अपरान्ह ३.३० देखि ५.३० : पार्टी कार्यकर्ता तथा सर्वसाधारणहरुद्वारा प्रधानमन्त्रीबाट 

६:०० बजेदेखि : परिवारका सदस्यहरुद्वारा प्रधानमन्त्रीबाट टीकाग्रहण

एकादशी असोज ३ गतेदेखि चतुर्दशी कार्तिक ६ गतेसम्म विहान ९:०० देखि ११.०० सम्म कार्यकर्ताहरु र शुभचिन्तकहरुद्वारा प्रधानमन्त्रीको हातबाट टीकाग्रहण 

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार