वझाङ- सुदूरपश्चिम प्रदेशको बझाङ जिल्लामा रहेको साइपाल हिमाल श्रृखला आरोहण शुरु भएको छ । विभिन्न मुलुकबाट साइपाल आरोहणमा जान बिहीबार धनगढी आइपुगेको टोलीलाई प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्टले नेपाली झण्डा दिएर विदाइ गरेकी छन ।
_x000D__x000D_
_x000D__x000D_
सो अवसरमा बोल्दै मन्त्री भट्टले पाँच बर्षअघि आरोहणका लागि खुला गरिएको साइपाललाई चिनाउन गरिएको प्रयास प्रशंसनिय भएको बताइन । आरोहण सफल होस उनले भनिन आवश्यक सहयोगका लागि प्रदेश सरकार तत्पर छ । बझाङका चार किशोरी सहित विभिन्न मुलुकबाट आएका १२ जनाले साइपाल हिमाल आरोहण गर्ने मिसन साइपाल अभियानकर्मी भोजराज भाटले बताए । आरोहण टोलीलाई सहयोग गर्न थप १६ जनाको टोली पनि सामेल छन ।
_x000D__x000D_
सात हजार ३१ मिटरको उचाईमा रहेको साइपाल आरोहण गर्न ३५ दिन लाग्ने भाटले बताए । सो आरोहणलाई समेटेर डेढ करोड लगानीको फिल्म पनि बन्ने भएको छ ।
_x000D__x000D_
अहिलेसम्म कोही पनि साइपाल हिमाल चढेको छैन बझाङकी चार किशोरी सहितले साइपाल चढेको इतिहास रच्ने छन । साइपाल गाउँपालिका वडा नम्बर ४ की २० बर्षिया संगिता रोकाया, साइपालकै वडा नम्बर ३ की २६ बर्षिया लक्ष्मी बुढा, तल्कोट गाउँपालिका १ की सरस्वती थापा, सुर्मा गाउँपालिका ३ की पवित्रा बोहरा साइपाल आरोहण गर्दैछन ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।