प्रियंका कार्की नेपाली फिल्मकी सर्वाधिक व्यस्त हिरोइन हुन्। उनी अभिनीत फिल्म दर्जनभन्दा बढी फिल्म दर्शकले निकै रुचाएका छन्। यहाँ हमीले उनका ८ बानिका बारेमा चर्चा गरेका छौं :
_x000D__x000D_
१) स्वस्थ रहन : स्वास्थ्यप्रति निकै सचेत छु । सानो ममी डाक्टर नै भएकाले पनि स्वास्थ्यसम्बन्धी जानकारी लिएकी छु । सामान्य चेकजाँच घरमै हुने भएकाले बेलामै जँचाउँछु।
_x000D__x000D_
२) खानपान : बेलुकी सात बजेपछि खानेकुरा केही खान्नँ । प्रायः सन्तुलित भोजन खाने प्रयास गर्छु । भात त्यति खान्नँ।
_x000D__x000D_
३) त्याग : सोडायुक्त पेय पदार्थ (कोक, फेन्टा, पेप्सी आदि) छाडेकी छु । फ्राइड फुड र जंक फुड पनि खान्नँ । फलफूल बढी खान्छु।
_x000D__x000D_
४) फिटनेस : घरमै जिम मेसिन राखेकी छु । नियमित जिम गर्छु । जिममा पनि कार्डियो गर्न रुचाउँछु । बाहिर हुँदा गीत सुनेर मस्त डान्स गर्छु । फिटनेसप्रति सचेत नै छु।
_x000D__x000D_
५) कमजोरी : मेरो कमजोरी मिठाइ हो । स्वास्थ्यका लागि हानिकारक हुन्छ भन्ने थाहा पाउँदापाउँदै पनि त्यस्ता खानेकुरा खाइहाल्छु।
_x000D__x000D_
६) राम्रो बानी : तौल बढ्न हुन दिन्नँ। यसप्रति सचेत छु।
_x000D__x000D_
७) स्वास्थ्य समस्या : ब्लड प्रेसर लो छ । वर्षको एकपल्ट रुघाखोकी लागिहाल्छ।
_x000D__x000D_
८) अस्पताल भर्ना : एकपल्ट रिंगटा लागेर हस्पिटल पुग्नुपरेको छ । ब्लड प्रेसरकै कारण रिंगटा लागेको रहेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।