काठमाडाैं– मलेसियाका प्रधानमन्त्री मोहमद महाथीरले चिनियाँ लगानीमा बन्ने रेल परियोजनालाई स्थगित गरेसँगै अफ्रिकी देश सिरिया लिवनले पनि ३ सय अठार मिलियन अमेरिकी डलरको परियोजनालाई खारेज गरेको छ।
_x000D__x000D_
चिनियाँ लगानीमा सिरिया लिवनको राजधानी बाहिर निर्माण गर्ने भनिएको विमानस्थलको परियोजनालाई सिरिया लिवनले खारेज गरेको हो।
_x000D__x000D_
यो परियोजना सन् २०२२ मा पुरा हुने बताइएको थियो भने यस परियोजनाको नेतृत्व गतमार्चबाट सिरिया लिवनको पूर्व राष्ट्रपति अर्नेष्ट बाई कोरोमाले गरेको अमेरिकी समाचार संस्था सिएनएनले जनाएको छ।
_x000D__x000D_
पकिस्तानले आइएमफसँग ऋण सहयोग मागेको खरब प्रकाशित भएको केही समयपछि सिरिया लिवनले चिनियाँ लगानीको परियोजना खारेज गरेको हो। अफ्रिकी महादेशमा निर्माण हुने पूर्वतयारी भएको चिनियाँ लगानीको आयोजना खारेज गर्ने सिरिया लिवनपहिलो देश हो।
_x000D__x000D_
नयाँ विमानस्थल निर्माण सम्बन्धि सिरिया लिवन सरकारले गरेको छलफल उक्त विमानस्थल आर्थिक कारण देखाउँदै निर्माण गर्न नहुँने मत बढेको अन्तृराष्ट्रिय समाचार माध्यमले बताएका छन्। पहिले नै भएको पुरानो विमानस्थल खासै प्रयोग नभएको स्थितिमा नयाँ विमानस्थल निर्माणको औचित्य नभएको भन्दै सिरिया लिवनले विमानस्थल निर्माण प्रक्रियालाई खारेज गरेको हो।
_x000D__x000D_
नयाँ विमानस्थल निर्माणको सट्टा भएको विमानस्थललाई मर्मत सम्भार गर्ने सिरिया लिवन सरकारले जनाएको स्थानीय सञ्चार माध्यमलाई उधृत गर्दै अन्तराष्ट्रिय समाचार माध्यमले बताएका हुन्।
_x000D__x000D_
पछिल्लो समय चिनियाँ लगानीको आयोजनाहरु खारेज हुने क्रम बाक्लिएको छ। परियोजना खारेज हुनु भनेको चीन र सिरिया लिवनको सम्बन्ध बिग्रिनु नभएको सरकारका प्रवक्ताले बताएका छन्।
_x000D__x000D_
यस्तै पाकिस्तानले आइएमफसँग मागेको ऋणको सरोकार चिनियाँ लगानीमा पाकिस्तानमा निर्मित चीन–पाकिस्तान आर्थिक करिडोरसँग नभएको पाकिस्तानले दावी गरेको छ। एजेन्सी
_x000D__x000D_
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।