सप्तरी– दशैं मनाउन मामाघर आएका एक बालकको कोशी नदीमा डुबेर मृत्यु भएको छ ।
_x000D__x000D_
तिलाठी कोइलाडी गाउँपालिका–५ स्थित कोशी नदीमा नुहाउने क्रममा सुनसरी भोक्राहा–३ का जयानन्द यादवका छोरा १५ वर्षीय अविनाश यादवको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।
_x000D_
_x000D_हनुमाननगर कंकालिनी नगरपालिका–१४ डलवास्थित मामाघर आएका उनी आधा घण्टाको दुरीमा रहेको स्थानमा नुहाउन गएका थिए।
_x000D__x000D_
बालकसँग नुहाउन गएका मामाका छोरा र सानीआमाका छोराले बचाउने प्रयास गरेपनि कोशी नदीको भङ्गालोमा फसेकाले बचाउन नसकेको परिवारका सदस्यले बताएका छन्।
_x000D_
_x000D_बालकको मृत्युले माइज्यु पिंकी यादव, मामाघरकी हजुरआमा धनेश्वरीदेवी र उनकी देवरानी हरीहरदेवी बेहोस भएका छन्।
_x000D__x000D_
अचेत अवस्थमा उनीहरूकाे राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको छ।
_x000D_
_x000D_यसैबीच सप्तरीको सप्तकोशी नदीमा करिब ६५ वर्षीया एक वृद्धाको शव फेला परेको छ।
_x000D_
_x000D_कोशी ब्यारेजको ढोका नम्बर ५२ र ५३ को मध्यभागमा अडकिएको अवस्थामा वृद्धाको शव निकालिएको इलाका प्रहरी कार्यालय कञ्चनरुपले जानकारी दिएको छ।
_x000D_
_x000D_शवको परीक्षण राजविराजस्थित अञ्चल अस्पतालमा गरिएको छ। अहिलेसम्म शवको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।