काठमाडौं– सधैं भिडभाड, कोलाहल हुने काठमाडौमा आज सुनसान छ। सडकहरु खाली देखिन्छन् भने पसलहरु पनि खासै खुलेका छैनन्।
_x000D__x000D_
सार्वजनिक गाडीहरु खासै चलेका छैनन्। निजी गाडी पनि यदाकदा चलेका देखिन्छन्। फाट्टफुट्ट चलेका गाडीमा यात्रुहरुको भिड देखिन्छ।
_x000D__x000D_
टीका लगाएर वा लगाउन हिँडेका यात्रुहरु प्राय हिँडिरहेकै देखिन्छ।
_x000D__x000D_
आज सेनाले यात्रुहरुलाई सुविधा दिनको लागि गाडी चलाएको भए पनि रुट नमिल्दा कतिपय ठाउँका यात्रुले त्यसको सुविधा लिन सकेका छैनन्।
_x000D__x000D_
सधैं दसैंमा आफ्नो गाउँ जाने गरे पनि यसपाली काठमाडौंमै बसेको बताउने सुनिता सापकोटाले दसैंको बेला काठमाडौं दिक्कलाग्दो भएको अनुभव सुनाइन्। अरुबेला कति धेरै मान्छे, कति धेरै गाडी
_x000D__x000D_
भएका होलान् भनेर दिक्क लाग्थ्योु, चावहिल चोकमा भेटिएकी सापकोटाले भनिन्, मान्छे पनि नहुँदा, गाडी पनि नहुँदा काठमाडौं त कस्तो सुनसान हुँदोरहेछ। झन् दिक्क लाग्दो रहेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।