काठमाडाैं– दसैं भन्नेबित्तिकै नेपालीको चाडका रुपमा बुझिन्छ। त्यसमा पनि अझ हिन्दु नेपालीहरुको। संसारमा अन्य ठाउँ पनि छन् हिन्दुहरु। तर यसरी हर्षोल्लासपूर्ण ढंगले मनाइँदैन।
_x000D_ _x000D_
भारतमै हेरौं। छिमेकी देश भएर पनि हाम्रोजस्तो टीका लगाएर, आशीर्वाद मागेर मनाइँदैन। बंगलादेशतिर होऊन् या भुटानतिर बसेका हिन्दुस कसैले पनि हाम्रोजसरी मनाउँदैन। हिन्दु जहाँका भए पनि दसैं भनेर मानेको देखिँदैन। यसर्थमा पनि हामी हाम्रो नेपाली मौलिकतामा गर्व गर्नुपर्छ।
_x000D_ _x000D_
दसैं र विजयादशमीमा पनि फरक छ। पहिले त हामी दसैं मान्थ्यौं। पछिपछि आएर दसैंलाई विजयादशमी भन्न थालियो। पहिलो त दसैं नेपालीहरुको चाड हो। यसमा नितान्त नेपाली मौलिकता मिसिएको छ। दोस्रो कुरो, पछि आएर जनजातिले मान्ने कि नमान्ने भन्ने कुरा आयो। यो भनेको चाडलाई परिभाषित गर्ने कुरा हो। अहिले वैज्ञानिकहरुले भन्न थाले ‘जमराको रस मान्छेका निम्ति अत्यन्तै उपयोगी छ।’ संसारका अन्य जुनसुकै धर्मका कर्मकाण्डहरुमा त्यति वनस्पतिको प्रयोग हुँदैन, जति हिन्दुहरुको हुन्छ। दसैं पनि वनस्पतिहरुसँगै जोडिएको छ।
_x000D_ _x000D_
हिन्दु भएकैले हामी तुलसीको पूजा गर्छौं, बेलको पूजा गर्छौं, रुद्राक्षको पूजा गर्छौं। यी सबैका पछि विज्ञान छ। स्वास्थ्य विज्ञानसँग यसको नजिकको सम्बन्ध छ। दसैंमा जमरा लगाउनुका पछि पनि कतै न कतै स्वास्थ्य विज्ञान जोडिएको छ। नवरात्रका ९ वटा देवीहरु छन्। शैलपुत्रीदेखि सिद्धिदात्रीसम्मका। प्रत्येक देवीसँग एउटाएउटा वनस्पति जोडिएकै छ।
_x000D_ _x000D_
हामी बलि दिन्छौं। बलि दिनु उचित हो कि होइन भन्ने कुरामा पनि पछिल्लो समय विवाद बढेर आएको छ। पहिलेको तुलनामा अहिले बलि प्रथा अत्यन्तै कम भएको छ। तर मासु खाने चलन बढेको छ। हिजो दसैंतिहार जस्ता चाडपर्व आएपछि मात्रै मासु खाने भन्ने थियो। आज तीन छाक मासु खाने भइसक्यो मान्छे। मांसहार बढको छ तर बलि प्रथा घटेको छ।
_x000D_ _x000D_
हिजो बलि दिँदा मांसहार कम थियो। यसको तुलनात्मक रुपमा अध्ययन गर्नुपर्ने एउटा परिस्थिति पनि हाम्रो अघि छ। अहिले हामीले दसैं मानिरहँदा असत्यविरुद्ध सत्यका जितको एउटा परिकल्पना गरेका छौं। अन्यायविरुद्ध न्यायको परिकल्पना गरेका छौं। कथामा के छ भन्ने कुरा त्यति महत्वपूर्ण होइन। त्यो कथाले हामीलाई के सन्देश दिन खोजेको छ त्यो पो हो महत्वपूर्ण कुरा।
_x000D_ _x000D_
त्यो दृष्टिकोणले दसैंको अर्को महत्वपूर्ण कुरा भनेको आफ्ना अग्रजप्रतिको सम्मानभाव र अनुजप्रति आशीर्वाद हो। एकप्रकारले दसैं अग्रजबाट अनुजले आशीर्वाद थाप्ने पर्वका रुपमा पनि चिचिन्छ। यसरी हेर्दा अग्रज(अनुजको सम्बन्धलाई गाढा बनाउन कुन धर्मले छेक्छरु कुन सम्प्रदाय, कुन रङ र कुन सिद्दान्तले अग्रजबाट अनुजले आशीर्वाद थाप्नु हुँदैन भन्छ?
_x000D_ _x000D_
जनजातिहरुले सेतो टीका लगाउँछन्। कतिपय जनजाति कुलको पूजा गर्छन्, हतियारलाई पुज्छन्। जनजातिमा गुरुङ, मगरले चाडपर्वमा पनि हतियारको पूजा गर्छन्। कोटमा बलिदिने, आफ्नो हतियारलाई सधैं सफा राख्ने, हतियारमा शक्ति देख्ने हामी जनजातिहरुको पहिल्यैदेखिको चलन हो। कति जनजाति त अहिले पनि नवरात्रिका नवै रातमा साधना गर्नेहरु पनि छन्।
_x000D_ _x000D_
विभिन्न हिन्दु मन्दिरहरुमा अहिले पनि जनजाति समूदायकै पुजारी रहने प्रचलन छ। काठमाडौं उपत्यकामा नेवारहरु होलान्। मध्यपहाडमा मगर होलान्। त्यो दृष्टिकोणले धर्मका नाममा अहिले पनि कतै थिचोमिचो छ भने त्यसलाई परिमार्जित गरेर अग्रजबाट अनुजले आशीर्वाद लिने राष्ट्रिय पर्वका रुपमा अघि लैजानुपर्छ।
_x000D_ _x000D_
पहिले र अहिलेको दसैंमा धेरै फरक आइसक्यो। पहिले दसैं साँच्चिकै दसैं हुन्थ्यो। अहिले त तयारी चाउचाउ जस्तो भइसक्यो। अब दसैं घरघरमा पूर्वतयारी गर्ने पर्वका रुपमा भन्दा कृत्रिमतातर्फ गयो। एकछिन बजार गयो, मिठाई, उपहार के चाहिन्छ किनेर ल्यायो दसैं मनायो।
_x000D_ _x000D_
समयक्रम बद्लिँदा दसैं पनि फेरिँदै आएको छ। पहिले दसैं आउनासाथ गाउँघरमा पिङ बन्थे। टोलटोलमा रोटेपिङ, चर्खे पिङ ठडिन्थ्यो। त्यो बेला दसैंको उत्साह नै छुट्टै हुन्थ्यो। दसैं केटाकेटीको अनुहारले बोकेर ल्याउँथ्यो। दसैंमा चाहिन्छ भनेरै घरैपिच्छे बोका पाल्ने गरिन्थ्यो। मठमन्दिरमा देवीहरुको दर्शन गर्न जाने एउटा पद्धति नै थियो। अहिले त्यो पूर्ण रुपमा हराइसक्यो भन्दा पनि हुन्छ।
_x000D_ _x000D_
प्रत्येक घरहरुका बीचमा खुल्ला जग्गा हुन्थ्यो। त्यहाँ गएर चंगा उडाइन्थ्यो। चंगा लडाउने क्या गजबको खेल खेलिन्थ्यो। पछिपछि पोखरामा आवादी बढ्दै गयो। जग्गा साँघुरिँदै गयो। पछिपछि आउँदा दसैंमा चंगा उडाउने चलन पनि पातलिँदै गयो।
_x000D_ _x000D_
पहिले त सबैको घरघरमा बत्ती बाल्ने चलन थियो। मलाई लाग्छ दसैंको कोजाग्रत पूर्णिमादेखि नै तिहारसम्म बत्ति बालिन्थ्यो। मान्छेहरु रातो माटो, कमेरो माटो लिएर घर लिप्थे। रोटी पोल्न व्यस्तता देखिन्थ्यो। प्रत्येकका घरघरमा ढिँकीजाँतो हुन्थ्यो। ती जाँतोमा विशेषगरी महिलाहरु रोटी बनाउन चामल पिनिराखेको, कुटिराखेको अवस्था हामीले देख्थ्यौं।
_x000D_ _x000D_
पोखरामा पहिले चिउरा कुट्नेहरुको लस्करै हुन्थ्यो। यो बागबजार एरियामा पनि घरपिच्छे चिउरा कुट्न जाने चलन हुन्थ्यो। चिउरा कुट्नेहरु ढिँकीमो ढ्वाङढ्वाङ आवाज आउँथ्यो। विशेषगरी ‘दमाई’हरुले लुगा सिलाउन हतार भएर रातभर कल चलाइराखेको आवाज आउँथ्यो। रातको समयमा पनि ती बज्ने फरकफरक आवाजले दसैं आएको अनुभूति दिन्थ्यो। दिनमा आकाशमा चंगा उडेको हुन्थ्यो। मान्छेहरु दसैंलाई उत्सव बनाउन छुट्टै किसिमको तयारी हुन्थ्यो।
_x000D_ _x000D_
यो भौतिक विकाससँगै दसैं उत्सवको तयारी गर्ने परम्परा पनि बिस्तारै घट्दैघट्दै गएको छ। अहिले दसैंको रौनकता हट्दै गएको छ, पोखरामा। त्योबेला केटाकेटी कस्को घर गएर कति पैसा थापियो भनेर एक ठाउँमा जम्मा भएर गन्न बस्थे। वर्षको एक(दुईचोटि मात्रै लुगा फेर्न हुन्थ्यो। केटाकेटीहरु बाउआमालाई के नयाँ लुगा किनिदिने भनेर सोध्थे। अभिभावक छोराछोरीको रहर पूरा गरिदिन हतारमा हुन्थे।
_x000D_ _x000D_
अहिले त्यो अवस्था देखिँदैन। अहिले त दिनकै तीन प्रहर मासु, जहिल्यै बजारमा रेडिमेड रोटी खाएका छन्। अहिलेको पुस्तालाई नयाँनौलो भन्ने थाहा छैन। अहिले त दसैंमा धेरै समयसम्म टाढा बसेका दाजुभाइ, आफन्त, इस्टमित्र घर फर्कने भन्ने मात्रै भयो। अहिले दसैं फेरिएर लामो समय छुट्टिएर रहेकाहरु पुनर्मिलन हुने पर्वका रुपमा मात्रै परिभाषित हुन पुगेको छ।
_x000D_ _x000D_
अहिले पोखरामा पनि संस्थागत रुपमा नै दसैं मान्न थालिएको छ। अग्रजहरुलाई बोलाएर सामूहिक टीका थाप्ने चलनको विकास भएको छ। दसैं नयाँ बन्दै गएको छ। मैले पनि त्यो ‘परिवर्तित’ दसैंको अभ्यास गर्न थालेको छु। अरुबेला दौरासुरुवाल लगाऊँ कि नलाऊँ तर दसैंमा लगाएकै हुन्छु।
_x000D_ _x000D_
अहिले पोखरामा हेर्ने हो भने दसैंमा टीका थाप्न हिँडेकाहरु प्रायले दौरासुरुवाल लगाएकै हुन्छन्। यसरी हेर्दा दसैं दौरासुरुवालको पुनर्जागरणको काल पनि हुन थालेको छ। दौरासुरुवाल राष्ट्रिय पोसाक मानिनु हुँदैन भनेर आक्रमण भएपछि दसैंले त्यसको संरक्षण गर्न थालेको छ।
_x000D_ _x000D_
पहिले घरमा एउटा बोका, च्यांग्रा ल्याउँदा जुन रौनक हुन्थ्यो। घरपरिवार एक भएर काटकुट पारेर खाइन्थ्यो। सिंगो नसक्ने छ भने छिमेकी वा भाइभाइ मिलेर बाँडिन्थ्यो। त्यो एउटा राम्रो सिस्टमको अभ्यास पनि थियो। तर त्यही सिस्टमबाट हामी बिस्तारैबिस्तारै तयारी चाउचाउ खाएजस्तो गरेर दसैं मनाउने क्रममा गएका छौं।
_x000D_ _x000D_
(कवि तथा संस्कृतिविद् श्रेष्ठसँग विकास मगरले गरेको (कुराकानीमा आधारित)
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।