काठमाडौं– शरद ऋतु आगमनको साक्षात्कार गर्दै जन्मने हरेक बिहानीले बडा दसैंको संकेत गर्छ, बहने हावा दसैंकै सुगन्ध बोकेर बहन्छ।
_x000D__x000D_
रेडियो, टेलिभिजनमात्र होइन, सार्वजनिक सवारी, हाटबजार, मेला अनि सुपरमार्केटमा बज्ने मालश्री ९दसैं० धुन र दसैं भावमा बज्ने गीतले प्रत्येक नेपालीको मनमा दसैंको उमंग भरिरहेको हुन्छ। अनि सुरु हुन्छ वास्तविक दसैं, रौनकता, उमंग, भेटघाट, मान्यजन, परिवार र चहलपहल।
_x000D__x000D_
मालश्री धुन त दसैंको पर्याय नै बनेको छ। तर यति मात्र होइन, अन्य कालजयी गीत पनि छन्। यी गीतले दसैंको वास्तविक पृष्ठभूमिको चित्रण गरिरहेका छन्। दसैंका धेरैजसो गीत आदर्शसँग जोडिएका छन्।
_x000D__x000D_
कला, संस्कृति, रीतिथिति र मूल्यमान्यता वर्णन गर्ने यी गीतले दसैंलाई जीवन्त पार्ने गरेका छन् । तर पछिल्लो सयम आदर्श र संस्कृतिको वर्णन गर्ने मात्र नभएर वास्तविकता उराल्ने गीत पनि बजारमा लोकप्रिय बन्न थालेका छन्।
_x000D__x000D_
‘दसैं नै हो कि, यो मेरो दशा, फर्की आएको।।।’ नेपाली जनजिब्रोमा गुञ्जिने गीत हो। यिनै शब्दमार्फत् रचनाकार प्रेम बस्नेतले सर्वसाधारण नेपालीको दसैंको वास्तविकता बोल्ने प्रयास गरेको गीत कालजयी बनेको छ। नेपाली संगीत बजारमा यस्ता थुप्रै कालजयी गीत छन्, जसले दसैंको अनुभूति दिलाइरहेका हुन्छन्।
_x000D__x000D_
दसैंसँग जोडिएका केही उत्कृष्ट गीत र संगीत
_x000D__x000D_
दसैंको आगमनसँगै रेडियो, टेलिभिजन, मठ–मन्दिरलगायता स्थानमा जब मालीश्री (मंगल) धुन बज्न थाल्दछ तब नेपाल र नेपालीहरु दसैंको रौनकतामा पुलकित हुने गर्दछन्
_x000D__x000D_
रागमा आधारित मालश्री धुन कहाँ र कहिलेबाट बजाउन सुरु गरियो भन्ने विषयमा एकिन तथ्य नभेटिए पनि सनातन हिन्दू धर्मअनुसार कालिका, जगदिश्वरीलगायत नारी शक्तिहरुको अनुग्रह तथा पूजा आरधनामा यो धुनको प्रयोग हुँदै आएको छ।
_x000D__x000D_
नेपालका विभिन्न ठाँउ र पर्वअनुसार यसको धुनपनि फरक पर्ने गरेको छ। दसैंमा बज्ने मालश्रीमा ढोलकको प्रयोग गरिँदैन।
_x000D__x000D_
यस अर्थमा अरु समय र स्थानमा बज्ने मालश्री र दसैंमा बज्ने मालश्री केही फरक छ। सारंगी र मुरलीलाई मालश्रीको टाउको मानिए पनि यसमा अन्यबाजाहरु पनि प्रयोग हुन्छन्।
_x000D__x000D_
मादल, झ्याम्टा, ढोलकलगायत बाजा बजाएर मालश्रीको राग सिर्जना गर्ने गरिएको छ।
_x000D__x000D_
‘दसैं नै हो की यो मेरो दशा..’
_x000D__x000D_
दसैं पर्वको मौलिकता एकातिर हुदाँहुदै पनि यससँग आर्थिक पक्ष पनि उतिकै जोडिएर आएको हुन्छ। राम्रो लगाउने, मीठोमसिनो खाने, परिवार नातागोता, दान–दक्षिणा, भेटघाटलगायत थुप्रै परम्परागत विषय दसैंसँग गासिँएका हुन्छन्।
_x000D__x000D_
तर, सबै परिवारमा यी चाहाना पूरा गर्ने क्षमता हँुदैन। यसै परिवेशलाई समेटिएको गीत ‘दसैं नै हो कि, यो मेरो दशा’।
_x000D__x000D_
गीतकार प्रेम बस्नेतले दसैंको संघारमा २ गरिब परिवारले एउटा खसी आधा–आधा बाड्न गरेको संवादमा आधारित भएर उक्त गीतको रचना गरेका थिए।
_x000D__x000D_
दसैं नै हो कि, यो मेरो दशा फर्की आएको
_x000D_वर्ष नै पिच्छे किन यो मेरो टाउको खाएको
_x000D_दसैं आएको...दसैं आएको
_x000D__x000D_
गायक योगेश्वर आमात्यको स्वर रहेको यस गीतले दसैंको रमाइलो पक्षभन्दा पनि आर्थिक, सामाजिक र पारिवारिक तनाव खोतलेको छ।
_x000D__x000D_
प्रायः मानिसको भोगेको, धेरैका मनमा लागेको तर कम मानिसले खुल्ने आम मानिसको भावना समेटिएको यो गीत धेरैको जनजीविका प्रतिनिधित्व गर्नुका साथै फरक भाकामा भएकाले पनि कालजयी बन्न पुगेको हो।
_x000D__x000D_
_x000D__x000D_
‘नमुछे आमा दहीमा टीका...’
_x000D_रोजगारका लागि परदेशिएका छोराहरुको विलौना यस गीतको मुख्य विषयवस्तु हो। दसैंमा बज्ने यो कालजयी गीतले नेपाली युवाहरुको आत्मकथा बोलेको छ। परदेशमा रहेका छोराले आफ्नी आमालाई मृत्यु नजिक पुगेकाले विलौना स्वरुप जमरा र टीका तयार नर्गन आग्रह गरेका छन्। त्यसैगरी, प्राण प्यारी जीवन संगिनीलाई नाडीका चुरा र सिउँदोको सिन्दुर नत्याग्न आग्रह गरेका छन्।
_x000D__x000D_
‘नमुछे आमा दहीमा टीका नछरे जमरा
_x000D_दैवले पर्दा उठायो आमा आउँदिन फर्केर।।।’
_x000D__x000D_
यो गीतको रचना पनि उस्तै संयोगमा भएको थियो। सर्जक नारायण रायमाझीका दाजु लक्ष्मण राइमाझीले आफू भारतीय सेनामा काम गर्दा पाकिस्तानसँगको युद्धका बेला उक्त गीत रचना गरेका थिए। गीतलाई उनै सर्जक लक्ष्मणले लोकलयमा स्वरबद्ध पनि गरेका थिए। तर पछि २०५७ तिर दृष्टिविहीन गायक कृष्णभक्त राईले आधुनिक शैलीमा गीतलाई स्वरबद्ध गरेपछि भने यसको लोकप्रियता बढेको हो। गीतका शब्दले विदेशिएका धेरैजसो नेपालीको भावना समेटेको हुनाले यो गीत पनि दसैंको कालजयी गीत बनेको हो।
_x000D__x000D_
_x000D__x000D_
दसैं आयो (फिल्म मुग्लान)
_x000D_‘वर्ष र दिनको रमाईलो चाड गाँउघरमा आइपुग्यो
_x000D_नेपालीजनको महान पर्व आँगनमा आइपुग्यो..’
_x000D__x000D_
फिल्म मुग्लानमा समेटिएको यो दसैंको सदाबहार गीत हो। ‘दसैं आयो’ गीतले नेपालीको वास्तविक दसैंको चित्रण गरेको छ।
_x000D__x000D_
शरद ऋतुको मौसम, परदेशिएको छोरोको आगमनमा बुढीआमाको अनुहारमा छाएको खुसी, ग्रामीण परिवेशमा मनाईने दसैंलाई जस्ताको तस्तै गीतमा समावेश गर्नु यो गीत तथा भिडियोका विशेषता हुन्। यही कारण पनि यो गीत दसैंका लागि सदाबहार गीत नै बनेको हो भन्नु अत्युक्ति नहोला।
_x000D__x000D_
लोकनाथ सापकोटाको शब्द र संगीतमा तयार पारिएको यो गीतमा उदितनारायण झा र दीपा झाको स्वर छ। गीतमा विपना थापा, दिलिप रायमाझी, सुशील क्षेत्री, झरना थापालगायतको अभिनय रहेको छ।
_x000D__x000D_
_x000D__x000D_
बिछोडको पीडा नसकी खप्न दसैंको बेलामा..
_x000D_स्वरसम्राट नारायण गोपाल र गायिका दिलमाया खातीको स्वरमा सजिएको ‘बिछोडको पीडा।।।’ बोलको गीतले पनि दसैंको झल्को दिने गरेको छ।
_x000D__x000D_
नेपाली सदाबहार गीतहरुको संग्रहमा सजिएको यस गीतलाई गीतकार रत्न शमसेर राणाले रचना गरेका हुन्।
_x000D__x000D_
पारिवारिक रुपमा बिछोडिएको परदेशीले घर आउन गरेको वाचा गीतमा प्रस्तुत गरिएको छ। स्वदेशमा दसैं मानिरहँदा विदेशमा युवाको मन कस्तो वेदनामा अल्झिएको हुन्छ भन्ने कुरा गीतमा प्रस्तुत गरिएको छ।
_x000D__x000D_
तर, यस गीतलाई दसैंसँग जोडेर भन्नु भन्दा पनि, जीवनसाथी सँगको बिछोडको विलौना अर्थात् युगल प्रेमीहरुको प्रेमभावको विम्बको रुपमा लिँदा न्याय हुने तर्क छ गीतकार डा। कृष्णहरि बरालको। ‘गीतले दसैंको भाव बोल्नु संयोग मात्र हो।
_x000D__x000D_
कीनकि, यहाँ दसैंको भाव भन्दापनि प्रेमील शब्दहरु बलिया छन्। बिछोडपछिका वियोगान्त छन्, युगल जोडीका छिट्टै भेट गर्ने वाचा छन्। यस अर्थमा युगल प्रेमीको बिछोडमा दसैं संयोग बनेर मात्र आएको हो’ बरालको भनाइ छ।
_x000D__x000D_
_x000D__x000D_
‘वर्षमा दिनमा लै लै...’
_x000D_दसैंको समय बज्ने अर्को लोकप्रिय गीत हो सुगम पोखरेलको ‘दसैं तिहार’। पछिल्लो समय सार्वजनिक भएका गीतमध्ये सुगमको यो गीत दर्शक–स्रोतामाझ कर्णप्रिय बन्न सफल भएको गीतका सूचीमा पर्छ।
_x000D_वर्षमा दिनमा लै लै हर्षका दिन यी लै लै
_x000D_दसैंतिहार चाड र बाड, खुसीले सारा भर्योनी संसार।।।
_x000D_यसका साथै बाध्यताले विदेशमा बस्नुपरेका युवाको वेदना पनि गीतमा प्रस्तुत भएका छन्। यस्तै परिवेशमा आधारित भएर रवि श्रेष्ठले नेपालीमाझ दसैंतिहारको आभाष दिलाएका छन्।
_x000D_गीतमा गायक सुगमकै संगीत रहेको छ। गीतको भिडियोमा गायक स्वयं र साथीहरुको अभिनय पनि रहेको छ।
_x000D__x000D_
_x000D__x000D_
समग्रमा भन्नुपर्दा, महान पर्व दसैंलाई मात्र केन्द्रमा राखेर बनाएका गीतहरुको संख्या बजारमा धेरै भएपनि थोरैमात्र गीत लोकप्रिय बन्न सफल भएका छन्।
_x000D__x000D_
दसैंका विषयमा कुरा गर्नुपर्दा नेपाली मौलिक संस्कृति बोकेका र जीवन्त चित्रण गरेकाले ‘दहीमा टीका नमुछे आमा’ गीत कालजयी बनेको हो।
_x000D__x000D_
यसैगरी, न्यून मध्यम आयस्रोत भएका आम मानिसको वस्तुस्थिति र वास्तविकता चित्रण गर्न सकेका कारण ‘दसैं नै हो कि, यो मेरो दशा’ गीत लोकप्रिय बन्न सफल भएको हो।
_x000D__x000D_
दसैंका तुलनामा तीज र तिहारका गीत बढी सिर्जना हुने गरेका छन्। किन दसैंलाई केन्द्रमा राखेर गीत बन्दैनन् तरु यस विषयमा गीतकार डा कृष्णहरि बराल भन्छन्– ‘यो सबै लोभ हो जस्तो लाग्छ। किनकि दसैंलाई मात्र केन्द्रमा राखेर रचना गर्दा यसको बज्ने आयु छोटो हुन्छ।
_x000D__x000D_
तर तिहारलाई पनि समेटियो भने भने केही मात्रामा यसको आयु लामो हुन्छ।’
_x000D__x000D_
डा बरालले भनेझैं दसैं र तिहारसँग जोडिएर बनेको गीत भने बजारमा धरै छन्। यसमध्ये ‘फौजीलाई कुन हो दसैं कुन हो चाड तिहार...’, ‘घरदेश परदेश...’, ‘दसैं आयो’..(उत्साह), ‘यसपाली त यस्तै भयो आमा..’, ‘दाइ त मेरो लाहुरै जाने...’ जस्ता गीत लोकप्रिय छन्।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।