काठमाडौं– व्यस्ततालाई बिर्सिएर हर्ष र उल्लासका साथ मनाईने दसैं सबैका घर आँगनमा आइपुगेको छ। घर–परिवारबाट टाढिएका हुन् वा परदेशिएका नै किन नहुन्, साँझको समयमा गाईबस्तु लिएर फर्किएका गोठालाजस्तै गरी मानिसको घर फर्कने क्रम धमाधम चलेको छ। सर्वसाधरण, विभिन्न पेसा–व्यवसायी, विद्यार्थी, कर्मचारी, राजनीतिक दलका व्यक्ति सबैलाई दसैंले छाएको छ।
_x000D__x000D_
तर कलाकर्मीको दिनचर्या भने सामान्य समयभन्दा चाडपर्वमा झन् व्यस्त हुन्छ। विदेशमा बसोबास गर्ने तर बाध्यतावश घर फर्कन नपाएका नेपालीलाई दसैंको सयममा मनोरञ्जन प्रदान गर्न कलाकारको माग बढी हुन्छ।
_x000D__x000D_
चार्डपर्वमा कलाकारहरु परिवारसँग भन्दा पनि विदेशमा आयोजना हुने सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रममा पुग्ने गरेका छन्। यस वर्षको दसैंमा कलाकर्मीरुको दसैं योजनाबारे हामीले बुझ्ने प्रयास गरेका छौं।
_x000D__x000D_
विद्यालय बन्दको भरपुर फाइदा उठाउने ध्याउन्नमा करिश्मा
_x000D__x000D_
अभिनेत्री करिश्मा मानन्धरको यस वर्षको दसैंमा निकै व्यस्त छिन्। एसइई (कक्षा १०) परीक्षाको तयारीमा रहेकी करिश्मा नयाँ शक्ति पार्टीको संस्कृति विभाग सम्हालिरहेकी छिन्। यसका साथै अभिनय र घरपरिवारमा पनि उतिकै समय दिइरहेकी यी नायिकालाई पनि दसैंले चटारो थपेको छ। तरपनि समयतालिका मिलाएर काम गर्ने सुरमा छिन् उनी।
_x000D__x000D_
_x000D__x000D_
‘यस वर्षको दसैं केही खास हुनेछ। केही वर्षयता छोरी कल्पनासँगै दसैं मनाउन पाएका थिएनौं तर यस वर्ष छोरी साथमै छिन्। त्यसैले खुसी लागिरहेको छ। अझ पढाईको कुरा गर्ने हो भने सधैं अन्य बालबालिका जस्तै विद्यालयको अनुशासनमा बस्नुपर्ने बाध्यता थियो किरिश्मालाई।
_x000D__x000D_
दसैं बिदालाई भरपुर प्रयोग गर्ने योजनामा छु,’ आफ्ना दसैं योजना सुनाउँदै उनले भनिन्, ‘दसैंमा घरपरिवार मात्र हैन, कार्यक्रमका लागि बुटवल र झापामा पनि जाँदैंछु। पार्टीका केही कार्यभार पनि छन्।’
_x000D__x000D_
परिवारसँगै रमाउने अभिनेता आकाशको सुर
_x000D__x000D_
_x000D_अभिनेता आकाश श्रेष्ठ यस वर्षको दसैं आफ्नै घरपरिवार र मान्यजनको हातबाट टीका लगाएर मनाउने सुरमा छन्। ‘सेलिब्रिटी भएपछि करियरसँगै दर्शकस्रोता र घरपरिवारलाई पनि समय दिनुपर्ने हुन्छ। त्यसकारण यो दसैंमा बुवा–आमासँग दाङमा मिठो–मिठो खाएर टिका लगाएर मनाउँदै छु,’ उनले थपे, ‘पछिल्ला केही वर्षयता धेरै नै व्यस्त हुन थालेको छु। तर यस वर्ष भने बाबा–आमासँगै दसैं मनाउन पाउने भएकाले निकैं खुसी छु।’
_x000D__x000D_
मिथिलाको मनै मान्दैन दसैंमा काठमाडौं छोड्न
_x000D__x000D_
_x000D_अभिनेत्री मिथिला शर्माको दसैं काठमाडौंमै बित्नेछ। परिवार, आफन्त र मान्यजनसँगको भलाकुसारीनै दसैंको विशेषता लाग्छ उनलाई। ‘मलाई दसैंमा काठमाडौंबाहिर जान मनै लाग्दैन। यही बस्ने घरपरिवार छरछिमेकसँग भलाकुसारी गर्दै रमाइलो गर्नु नै मेरो लागि दसैंको विशेष कार्यक्रम हो,’ उनले थपिन्, ‘दसैं भनेको पारिवारिक जमघटका लागि फुर्सदको समय हो। अतः यही माध्यमबाट रमाइलो गर्नुपर्छ।’
_x000D__x000D_
विराटनगर नपुगी दसैं नै लाग्दैन स् दीपाश्री निरौला
_x000D_कलाकार तथा निर्देशक दीपाश्री निरौलाको यस वर्षको दसैं जन्मस्थल विराटनगरमा बित्ने भएको छ।
_x000D__x000D_
_x000D__x000D_
प्रत्येक वर्ष विराटनगरको काली मन्दिरमा चुनरी चढाएपछि मात्र आफूलाई दसैं मनाएको जस्तो लाग्ने बताउँदै दिपाले भनिन्, ‘मेरो दसैं विराटनगरमा हुनेछ, किनकि प्रत्येक दसैंमा विराटनगरको काली मन्दिरमा चुनरी नचढाई दसैं आएजस्तै लाग्दैन।’ यसका साथै दर्शकका साथमा फिल्म ‘छक्का पञ्जा–३’ हेर्दै दसैं मनाउने तरखरमा छिन् उनी।
_x000D__x000D_
बडेमाको हातबाट टीका थाप्ने सुरमा गीतकार डा कृष्णहरि बराल
_x000D_गीतकार डा कृष्णहरि बराल यसवर्षको दसैं केही खास बनाउने सुरमा छन्। यस वर्ष आफ्नी बुढी भएकी आमाको हातबाट टिका थाप्न परिवारसँगै सिन्धुली जाने योजनामा छन्। यससँगै साहित्य रचना र लेखनका लागि समेत यस वर्षको दसैं बिदा उपयोग गर्ने योजनामा छन् गीतकार बराल।
_x000D__x000D_
_x000D__x000D_
पछिल्लो समय दसैं त्यति उत्साहजनक लाग्दैन बराललाई। ‘बाल्यकामा जस्तो दसैंको रौनक र उत्साह मनमा आउदैन। उतिबेला बा–आमाले हाम्रो दसैं मनाइ दिनुहुन्थ्यो। तर अहिले परिवारको दसैं हामीले मनाई दिनुपर्छ। त्यसैले मनमा दसैंको चमक आउदैन। तर परिवारमा खुसी आएपछि चाँहि आफंैलाई पनि कम रमाइलो लाग्दैन।’
_x000D__x000D_
परिवार र पुस्तकसँग संगीतकार राजु सिंह
_x000D_संगीतकार राजु सिंह यस वर्षको दसैं काठमाडौंको पुतलीसडकस्थित आफ्नै निवासमा बिताउने सुरमा छन्। अधिकांश मानिसले दसैंलाई पारिवारिक जमघट टीका, जमरा र मनोरञ्जनका रुपमा लिने गरेकाले आफू पनि त्यो भन्दा भिन्न नभएको उनको भनाई छ।
_x000D__x000D_
_x000D__x000D_
‘दसैं मेरा लागि मनोरञ्जन र पारिवारिक भेटघाटको समय मात्र होइन, नयाँ पुस्तक पढ्ने गीत संगीत र साहित्यका विषय अध्ययन गर्ने समय पनि हो।’ दसैंबिदाको समय उपयोग गर्न बजारमा आएका केही नयाँ पुस्तक समेत खरिद गरिसकेको उनले सुनाए।
_x000D__x000D_
गर्लफ्रेन्डलाई समय दिने आयुष्मानको तयारी
_x000D_अभिनेता आयुष्मान देशराजले यस वर्षको दसैंमा खासै नयाँ योजना बनाएका छैनन्। तर वर्षमा एक पटक आउने दसैंलाई घरपरिवार र गर्लफ्रेन्ड प्रियंका कार्कीसँग मनाउने सुरमा छन् उनी। कार्कीसँग इंगेजमेन्ट गरेपछिको यो पहिलो दसैं हो उनका लागि। ‘यस वर्षको दसैं विगतको भन्दा केही न केही त फरक नै हुन्छ तर त्यति धेरै ठूलो फरक भने हुँदैन,’ उनले भने।
_x000D__x000D_
_x000D__x000D_
‘घरपरिवारसँग बस्ने, खाना खाने र अलिकति मोटाउँ भन्ने योजनामा छु,’ हास्यास्पद शैलीको साथ लिएका उनले थपे, ‘अरु त त्यस्तै हो, यस वर्षको दसैं गर्लफ्रेण्ड र घर परिवारका लागि खचिर्ने हो, चंङ्गा उडाउने रमाउने हो।’
_x000D__x000D_
घरपरिवार र कपन वरिपरि आश्मा गिरि
_x000D__x000D_
_x000D_कालकार आश्मा गिरि काठमाडौंको कपनमा आफ्नै परिवार सँग दसैं मनाउने सुरमा छिन्। ‘दसैंका लागि ठूलो योजना बनाएको छैन, काठमाडौंमै ममी–बाबा र मान्यजनबाट टीका र आशिर्वाद थापेर यस वर्षको दसैं मनाउदै छु,’ उनले भनिन्। दसैं घरमै बिताएपनि दसैं र तिहारबीचको समयमा भने नयाँ ठाँउमा घुम्न जाने योजनामा छिन् गिरि।
_x000D__x000D_
मेलिनाको दसैं फ्यानसँगै
_x000D__x000D_
_x000D_गायिका मेलिना राई यस वर्षको दसैंमा फ्यान–फलोवर्ससँगै रमाइलो गर्नेछिन्। फ्यान मनोरञ्जन दिन पूर्वी नेपालका सहरमा आयोजना हुने सांगीतिक कार्यक्रममा धमाकेदार प्रस्तुति दिने योजनामा छिन् उनी। ‘मेरो यस वर्षको दसैं परिवारभन्दा बाहिर रहनेछ। पूर्वका विभिन्न स्थानमा कार्यक्रमको बाक्लो सयम तालिका भएकाले मेरा शुभचिन्तकसँगै दसैं बित्नेछ।’
_x000D__x000D_
भिडियाे:
_x000D__x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।