सोमालिया– अमेरिकी सेनाले मध्य सोमालियामा केही दिनअघि गरेको एक कारबाहीमा परी अल–शबाब समूहका करिब ६० जना लडाकू मारिएको विश्वास गरिएको छ।
_x000D__x000D_
हरारडेरे नगर नजिकै आतङ्ककारी लक्षित कारबाही कोही सर्वसाधारण घाइते वा नमारिएका अमेरिकी सेनाको एउटा वक्तव्यमार्फत जानकारी दिएको छ।
_x000D__x000D_
अमेरिकी सेना र सोमालियाली सुरक्षा अधिकारीहरूको संयुक्त प्रयासमा अल–शबाबमाथि गरिएका पछिल्लो कारबाहीमा ती आतङ्ककारी मारिएका हुन।
_x000D_बीबीसीका अफ्रिकी सम्बादाता विल रोजले अमेरिकी र सोमालियाली सेनाको संयुक्त प्रयासमा आतङ्ककारीविरुद्ध भएको यस पछिल्लो कारबाही अल–शबाब समूहका लागि ठूलो झट्का भएको बताएका छन्।
_x000D__x000D_
यो कारबाही सन् २०१७ को नोभेम्बरयताकै भीषण भएको बताइएको छ। अल–कायदासँग सम्बद्ध अल–शबाब समूहले पछिल्लो कारबाहीबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन।
_x000D__x000D_
अमेरिकी समाचार संस्था एपीका अनुसार यस वर्ष अमेरिकी सेनाले सोमालियामा ड्रोन आक्रमणसहित दुई दर्जनभन्दा बढी हवाई हमला गरेका छन्। रासस/एएफपी
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।