काठमाडौं– गत नोभेम्बरमा राष्ट्रिय टिमका युवा लेग स्पिनर सन्दीप लामिछाने (१८) बंगलादेश प्रिमियर लिग (बिपिएल) को ड्राफ्टमा परेको समाचारले ठूलै चर्चा पायो। किनकि नेपाली खेलाडी विदेशी टी–२० लिगको ड्राफ्टमा पहिलो पटक परेका थिए। अक्सनमा उनलाई कुनै पनि टिमले आफ्नो टिममा भित्र्याउन चासो नदेखाउँदा विदेशी लिग खेल्ने पहिलो खेलाडी बन्ने अवसर भने उनले त्यतिबेला पाएनन्।
_x000D__x000D_
दुई महिनापछि सन्दीप अर्को टी–२० फ्रेन्चाइज लिग पाकिस्तान सुपर लिग (पिएसएल) को पनि ड्राफ्टमा परेका थिए। यसपटक पनि सुखद् समाचार आउन सकेन। एक महिना बित्न नपाउँदै इन्डियन प्रिमियर लिग (आइपिएल) को अक्सनका लागि खेलाडीहरुको नाम सार्वजनिक गरियो। पहिलो चरणको सूचीमा सन्दीप थिएनन्। सूची दर्ता गराउने प्रक्रिया लामो भएकाले सन्दीप आइपिएलको पहिलो चरणको सूचीमा अटेनन्। विशेष अनुरोध गरेपछि सन्दीप अक्सन सूचीमा पर्न सफल भए।
_x000D__x000D_
सन्दीप आइपिएलको अक्सन सूचीमा परेदेखि नै उनको चर्चा हुन थालेको थियो। किनकि सन्दीप र अस्ट्रेलियाका पूर्वकप्तान माइकल क्लार्कबीच विशेष सम्बन्ध थियो। क्लार्कसँगकै सम्बन्धका कारण सन्दीपले १६ वर्षको उमेरमै अन्तर्राष्ट्रिय मिडियामा कभरेज पाए। यसपछि उनले फ्रेन्चाइज लिग खेल्नका लागि कदम चालेका थिए।
_x000D__x000D_
आइपिएलमा क्लार्कसँग राम्रो सम्बन्ध भएका रिकी पोन्टिङ दिल्ली डेयरडेभिल्सका प्रशिक्षक थिए। यस्तै नेपाली यू–१९ टिमका कन्सल्ट्यान्ट प्रशिक्षक मोन्टी देसाङले पनि सन्दीपबारे आइपिएलमा लबिङ गरेका थिए। नभन्दै सन्दीपलाई दिल्लीले ३२ लाख नेपाली रुपैयाँमा आबद्ध गर्यो। त्यसपछि सन्दीपको व्यावसायिक करिअरले गति लिन थाल्यो। क्रिकेट जगत्मा नेपाली 'सेन वार्न'को रुपमा चर्चित भए।
_x000D__x000D_
दिल्लीको टिममा आबद्ध भए पनि उनले सुरुवाती खेलमा मौका पाउन सकेनन्। लगातार कमजोर प्रदर्शन गरेको दिल्ली आइपिएलको पहिलो चरणबाटै बाहिरिएपछि सन्दीपले बाह्रौं खेलमा मौका पाए।
_x000D__x000D_
उनी क्लबस्तरीय क्रिकेटमा संसारकै ठूलो प्रतिस्पर्धा इन्डियन प्रिमियर लिग (आइपिएल) खेल्ने पहिलो नेपाली बनेका थिए। आइपिएलमा समावेश मात्र भएनन्, डेब्यू खेलमै विश्वभरिबाट प्रशंसासमेत कमाए।
_x000D__x000D_
_x000D__x000D_
विश्वका चर्चित खेलाडी विराट कोहली तथा एबी डिभिल्लर्सलाई समेत हैरान बनाउने गरी बलिङ गरे उनले। सन्दीपले आइपिएलका पछिल्ला ३ खेलमा ५ विकेट लिएका थिए। १६.४ को औसतमा बलिङ गरेका सन्दीपको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत प्रशंसा गरेका थिए।
_x000D__x000D_
आइपिएलकै दौरान सन्दीपले विश्व क्रिकेटमा अर्को महत्वपूर्ण अवसर पाए। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) उनलाई विश्वका स्टार खेलाडीहरुको टिममा राखेको थियो।
_x000D__x000D_
वेस्ट इन्डिजविरुद्धको एकदिवसीय मैत्रीपूर्ण खेलका लागि आइसिसी विश्व ११ टिममा पनि सन्दीपले स्थान पाए।
_x000D__x000D_
‘क्रिकेटको घर’ मानिने लर्डस्मा गत जेठ १७ गते भएको खेलको पाकिस्तानका पूर्वकप्तान साहिद अफ्रिदीले कप्तानी गरेका थिए। जहाँ भारतका दिने कार्तिक, पाकिस्तानका सोयब मल्लिक, अफगानिस्तानका रसिद खान, बंगलादेशका तमिम इक्बाल, श्रीलंकाका थिसरा परेरा, न्युजिल्यान्डका मिचेल म्याकलेनघान र लुक राची जस्ता विश्व क्रिकेटमा चर्चित खेलाडीसँगै सन्दीपले खेल्ने मौका पाए।
_x000D__x000D_
सन्दीप आइपिएलका लागि छनोट भएलगत्तै वेस्ट इन्डिजको क्यारेबियन प्रिमियर लिग (सिपिएल) टिम सेन्ट किट्स एन्ड नाभिस प्याट्रिओट्समा आबद्ध भएका थिए। ५ हजार डलरमा आबद्ध भएका उनी गत महिना नेदरल्यान्डविरुद्धको एकदिवसीय सिरिज खेलेर वेस्ट इन्डिज पुगे। जहाँ उनले उत्कृष्ट प्रदर्शन गर्ने क्रममा ५ खेलमा ७ विकेट लिन सफल भए।
_x000D__x000D_
_x000D__x000D_
सन्दीपले जुनमा आयोजना भएको ग्लोबल टी–२० क्यानडा लिगमा पनि समावेश भएका थिए। उनलाई मोन्ट्रियल टाइगर्सले ४० हजार डलरमा भित्र्याएको थियो। जहाँ उनले ५ खेलमा ८ विकेट लिएका थिए।
_x000D__x000D_
सन्दीपको व्यावासायिक करिअर यतिकैमा रोकिएन। उनी गत महिना अफगानिस्तान प्रिमियर लिग (एपिएल) का लागि समेत छनोट हुन सफल भए। युएईको दुबईमा भएको अक्सनमा सन्दीपलाई नान्गहरले आफ्नो टिममा १५ हजार अमेरिकी डलरमा आबद्ध गरेको थियो।
_x000D__x000D_
अन्तर्राष्ट्रिय खेलमा पनि सन्दीपले नेपालका लागि ठूलो योगदान दिए। गत फेब्रुअरीमा नामिबियामा भएको आइसिसी डिभिजन–२ क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरे। प्रतियोगिताको सर्वाधिक १७ विकेट लिएका सन्दीप म्यान अफ दि सिरिज बनेका थिए। डिभिजन–२ मा क्यानडा विरुद्धको महत्वपूर्ण खेलमा करण केसीसँग दसौं विकेटका लागि सन्दीपले गरेको नटआउट ४२ रनको साझेदारीको अहिले पनि प्रशंसा हुने गरेको छ। प्रतियोगितामा नेपाल दोस्रो हुँदै एकदिवसीय विश्वकप छनोट प्रतियोगिताका लागि छानिएको थियो। एकदिवसीय विश्वकप छनोटमा पनि सन्दीपले सन्तोषजनक प्रदर्शन गरेका थिए। मार्चमा जिम्बावेमा भएको एकदिवसीय विश्वकप छनोटमार्फत नेपालले एकदिवसीय मान्यता प्राप्त गरेको थियो।
_x000D__x000D_
सन्दीप यतिमा मात्र सीमित रहेनन्। असोज दोस्रो साता अर्को फेन्चाइज लिग टी–१० लिगमा आबद्ध हुन सफल भए। युएईको व्यासायिक लिग टी–१० लाई इमिरेट्स क्रिकेट बोर्ड र अन्तर्राष्ट्रियक क्रिकेट काउन्सिलले मान्यता दिएको छ। लिगमा रहेका ८ टिम मध्ये सन्दीपलाई केरला किंग्सले किनेको हो। केरलाले सन्दीपलाई ३० हजार अमेरिकी डलर (३४ लाख ८३ हजार रुपैयाँ) दिनेछ।
_x000D__x000D_
सन्दीप आबद्ध टिममा इंग्ल्यान्डका इयान मोर्गान कप्तान छन्। जहाँ वेस्ट इन्डिजक क्रिस गेल, केइरन पोलार्डदेखि पाउल स्टर्लिङ, पाकिस्तानका जुनाइद खान र श्रीलंकाका निरोशन डिवेला छन्।
_x000D_टी–१० लिग आगामी मंसिर ७ देखि १६ गतेसम्म शारजाह क्रिकेट मैदानमा हुनेछ।
_x000D__x000D_
लिगमा १० ओभरको एक इनिङ हुने र खेल ९० मिनेटमा सकिने नियम छ। लिगको दोस्रो संस्करण हो।
_x000D__x000D_
सन्दीपले एक वर्षको बीचमा पाँचौ विदेशी फ्रेन्चाइज लिगमा आबद्ध भए। सन्दीपले भारतको आइपिएल, क्यानडाको ग्लोबल टी-२० र वेस्ट इन्डिजको सिपिएल खेलेका थिए। अफगानिस्तान प्रिमियर लिग खेलेका सन्दीपले पाकिस्तान सुपर लिगको ड्राफ्टमा पनि परेका छन्।
_x000D__x000D_
अफगानिस्तान प्रिमियर लिग खेल्न युएई जानुअघि सन्दीपले मलेसियामा भएको आइसिसी टी–२० विश्वकपको एसिया छनोटमा तहल्का मच्चाएका थिए। उनले नेपाललाई प्रतियोगिताको च्याम्पियन बनाउने क्रममा २४ विकेट लिए। एकै प्रतियोगितामा नेपालका लागि सर्वाधिक विकेट लिने बलरको इतिहास बनाएका सन्दीपले प्रतियोगिताको उत्कृष्ट खेलाडी र उत्कृष्ट बलर घोषित भएका थिए।
_x000D__x000D_
टी–१० खेल्न जानुअघि सन्दीपले घरेलु लिग पोखरा प्रिमियर लिग (पिपिएल) खेल्नेछन्। उनी पिपिएल टिम विराटनगर टाइटन्सका मार्की खेलाडी छन्।
_x000D__x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।