काठममाडाै - प्रधानमन्त्री केपी ओलीको दसैं कार्यक्रम सार्वजनिक गरिएको छ। बुधबार प्रधानमन्त्री सचिवालय निकालेको तालिका अनुसार प्रधानमन्त्री ओलीले टीकाग्रहण र मन्त्री, सांसद, कर्मचारी, सुरक्षासम्बद्ध उच्च पदस्थ तथा सर्वसाधारणलगायतलाई टीका लगाइदिनेसम्मका सूचि रहेकाे छ ।
_x000D__x000D_
प्रधानमन्त्री ओलीले विजया दशमीको दिन असोज २ गते बिहान ९:४५–१०.०० पिता मोहनप्रसाद ओलीको हातबाट टीकाग्रहण गर्ने छन्। त्यसपछि बिहान १० बजेपछि प्रधानमन्त्रीको सचिवालयका सदस्यहरुलाई टीका लगाइदिएर दिउँसो १ बजे राष्ट्रपति विद्यादेवी भण्डारीबाट टीकाग्रहण गर्ने कार्यक्रम रहेको छ। त्यस्तै दिउँसो २ बजे मन्त्री, सांसद, पार्टी नेता तथा निजामति एवं सुरक्षासँग सम्बद्ध उच्चपदस्थ राष्ट्रसेवक–कर्मचारी तथा सुरक्षाकर्मीहरुलाई, अपरान्ह ३.३० देखि ५.३० सम्म पार्टी कार्यकर्ता तथा सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।
_x000D__x000D_
साँझ ६:०० बजेदेखि परिवारका सदस्यहरुले प्रधानमन्त्रीबाट टीकाग्रहण गर्नेछन्। एकादशी असोज ३ गतेदेखि चतुर्दशी कार्तिक ६ गतेसम्म बिहान ९:०० देखि ११.०० सम्म कार्यकर्ताहरु र शुभचिन्तकहरुले प्रधानमन्त्री हातबाट टीकाग्रहण समय तालिका तय गरिएको छ।
_x000D__x000D_
_x000D_यस्ताे छ विस्तृतमा प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यक्रम
_x000D__x000D_
०७५ असोज १ गते बिहीबार, महानवमी
_x000D__x000D_
(बिहान झापा प्रस्थान र अपराह्न काठमाडौं फिर्ता) चन्द्रगढीस्थित झापा जिल्ला समन्वय समितिको भवनमा जिल्ला रेडक्रस सोसाइटीको आयोजनामा स्वर्ण महोत्सव स्मारिका विमोचन कार्यक्रम
_x000D__x000D_
प्रधानमन्त्री ओलीको आयोजनामा विर्तामोडस्थित अग्रसेन भवनमा शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम
_x000D_२०७५ असोज २ गते, शुक्रबार, दशमी
_x000D__x000D_
बिहान ९:४५–१०.००: प्रधानमन्त्रीद्वारा पिताजी मोहनप्रसाद ओलीको हातबाट टीकाग्रहण
_x000D__x000D_
बिहान १० बजेपछि प्रधानमन्त्रीको सचिवालयका सदस्यहरुद्वारा प्रधानमन्त्रीको हातबाट टीका ग्रहण
_x000D__x000D_
दिउँसो १.०० : प्रधानमन्त्रीद्वारा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीबाट टीका ग्रहण
_x000D__x000D_
दिउँसो २:०० : मन्त्री, सांसद, पार्टी नेता तथा निजामति एवं सुरक्षासँग सम्बद्ध उच्चपदस्थ राष्ट्रसेवक–कर्मचारी तथा सुरक्षाकर्मीहरुद्वारा प्रधानमन्त्रीबाट टीका ग्रहण
_x000D_अपरान्ह ३.३० देखि ५.३० : पार्टी कार्यकर्ता तथा सर्वसाधारणहरुद्वारा प्रधानमन्त्रीबाट
_x000D__x000D_
६:०० बजेदेखि : परिवारका सदस्यहरुद्वारा प्रधानमन्त्रीबाट टीकाग्रहण
_x000D__x000D_
एकादशी असोज ३ गतेदेखि चतुर्दशी कार्तिक ६ गतेसम्म विहान ९:०० देखि ११.०० सम्म कार्यकर्ताहरु र शुभचिन्तकहरुद्वारा प्रधानमन्त्रीको हातबाट टीकाग्रहण
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।