सन् २०१४ को इङ्ल्यान्ड भ्रमणमा विराट कोहलीको प्रदर्शन यति निरासजनक थियो, उनलाई पहिलो पल्ट आरोप लाग्यो– विराट खेलभन्दा बढि आफ्नो गर्लफ्रेण्ड तथा हालै वैवाहिक बन्धनमा बाँधिएका बलिउड नायिका अनुष्का शर्मालाई समय दिइरहेका छन्।
_x000D__x000D_
त्यतिबेला विराटमाथि आरोप लाग्नु जायज पनि थियो। किनभने पाँच टेस्टको श्रृंखलामा विराटले १० इनिङमा कूल १ सय ३४ रन मात्र बनाएका थिए। यी सवै इनिङमा उनको उच्च योगफल थियो, ३९ रन।
_x000D__x000D_
इङ्ल्यान्ड भ्रमणमा ‘फल्प’ भएपछि विराट आफ्नो खेल जीवनलाई लिएर निकै चिन्तित थिए। त्यसैले उनले घर फर्किने वित्तिकै सर्वप्रथम भेट गरेका थिए, भारतीय क्रिकेटका धरोहर सचिन तेन्दुलकरसँग। यही सचिनले विराटलाई मैदानभित्र मात्र होइन, मैदान बाहिरबाट पनि आउने दबाबलाई कसरी निस्तेज पार्ने? यसको गुरुमन्त्र सिकाएका थिए।
_x000D__x000D_
त्यो घटनाको ४ वर्षपछि अहिले विराट उत्कृष्ट लयमा छन्। उनले यहि वर्ष दक्षिण अफ्रिकाविरूद्ध ६ एकदिवसीय शृंखलामा भारतलाई ५–१ को जित दिलाउन अविस्मरणीय व्याटिङ गरे। उनी पुरै प्रतियोगितामा ५ सय ५८ रन बनाउँदै प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भए। उनी द्धिपक्षीय क्रिकेट शृंखलामा ५ सयभन्दा बढी रन बनाउने पहिलो व्याट्सम्यान बन्न पुगे। यसअघि भारतकै रोहित शर्माले अस्ट्रेलियाविरूद्ध २०१३–१४ शृंखलामा ४ सय ९१ रन बनाएका थिए। यहीँ शृंखलामा ३ शतक प्रहार गरेका विराटले एकदिवसीयमा ३५ शतकको कोशेढुंगा चुमिसकेका छन्। विराटले एकदिवसीय र टेस्ट गरी अहिलेसम्म ५९ शतक प्रहार गरिसकेका छन्।
_x000D__x000D_
_x000D__x000D_
उनले अन्तर्राष्ट्रिय क्रिकेटमा १८ हजार रन पुरा गरिसकेका छन् भने एकदिवसीयमा अफ्रिकाका एबी डीभिलियर्सले सवैभन्दा छिटो ९ हजार ५ सय रन बनाएको कीर्तिमानलाई पनि भंग गरेका छन्। डीभिलयर्सलाई एकदिवसीयमा साढे ९ हजार रन पुरा गर्न २ सय १५ इनिङ खेल्नु परेको थियो। तर, विराटले २ सय इनिङमै ९ हजार ५ सय ८८ रन पुरा गरेका छन्।
_x000D_अब उनको अगाडि एकदिवसीयमा सवैभन्दा बढी शतक बनाउने सचिनको कीर्तिमान भंग गर्ने चुनौती मात्र छ।
_x000D__x000D_
विगत केही वर्ष यता विराटले एकपछि अर्को गर्दै एकदिवसीयमा सचिनको कीर्तिमान भंग गर्दै गइरहेका छन्। त्यसैले धेरैलाई लागेको हुनुपर्छ, विराटले सचिनजति नै अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने अवसर पाएको खण्डमा पक्कै ‘मास्टर ब्लास्टर’ को कीर्तिमान भंग गर्नेछन्।
_x000D__x000D_
विराट आधुनिक क्रिकेटलाई प्रतिनिधित्व गर्छन्। उनी आधुनिक क्रिकेटमा भित्रिएको नयाँ ‘टेक्नोलोजी’ सँग अभ्यस्त छन्। उनी ‘मिडअन’ माथिबाट छक्का प्रहार गर्न रुचाउँछन्। कभर ड्राइभ र कडा फ्लिक उनको अर्को विशेषता हो। अझ, डे–नाइट क्रिकेटमा उनको विशेषज्ञता झल्किन्छ।
_x000D__x000D_
क्रिकेटमा भित्रिएको नयाँ र नौलो प्रयोगसँगै जसरी क्रिकेट ब्याट्सम्यानका लागि उपयोगी बन्दै गइरहेको छ, यसलाई हेर्दा विराटले सचिनको पुरानो कीर्तिमानलाई भंग नगर्लान भन्न सकिन्न।
_x000D__x000D_
सचिनले क्रिकेट खेल्दा ३ सय रन पुरा गर्ने टिम विजयी घोषित हुन्थ्यो। तर, अहिले ३० यार्ड सर्कलको नियम, ब्याटिङ पावरप्ले, दुवै इण्डबाट नयाँ बलको प्रयोग जस्ता नयाँ नियमले गर्दा ३ सय ५० भन्दा बढी रन पनि जितका लागि अपुग हुन थालिसकेको छ। यस्तो अवस्थामा क्रिकेटमा प्रयोग हुन थालेको ‘फ्लाट र ड्रप इन पिच’ का कारण ब्याट्सम्यानतर्फ ढल्किदै गइरहेको क्रिकेटमा फाइदा विराटलाई नै पुग्ने धेरैको बुझाई छ।
_x000D__x000D_
तर, यति हुँदा पनि २ सय टेस्ट र र ४ सय ६३ गरि कूल ६ सय ६३ अन्तर्राष्ट्रिय खेलमा सचिनले बनाएको करिब ३४ हजार ३ सय ४७ रन र सय सतकको पहाड छिचोल्न विराटलाई फलामको चिउरा चपाए सरह कडा परिश्रम गर्नु पर्ने पक्का छ।
_x000D__x000D_
विराटले ७३ टेस्टमा ५४ दशमलव ५७ को औषतले ६ हजार ३ सय ३१ रन बनाएका छन्। जसमा २४ शतक समावेश रहेको छ।
_x000D__x000D_
_x000D__x000D_
सचिनलाई एकदिवसीयमा ३५ शतक पुरा गर्न १३ वर्ष कुर्नु परेको थियो। विराटले १० वर्षमै ३५ शतक पुरा गरेका हुन्।
_x000D__x000D_
सचिनको नाममा प्रत्येक ९ खेलमा शतक बनाउने कीर्तिमान छ। यसमा पनि विराटले आफ्ना अग्रजलाई उछिनेका छन्। विराटले प्रत्येक ७ खेलमा शतक बनाएका छन्। धेरै विश्लेषकको बुझाई छ, बदलिदो क्रिकेटको नियमका कारण विराटलाई सचिनको कीर्तिमान भंग गर्न उनी जति नै २२ बर्ष अनवरत क्रिकेट खेल्ने आवश्यकता छैन्। विराटले पछिल्लो समय अन्तर्राष्ट्रिय क्रिकेटमा जुन स्तर देखाएका छन्, यसले पनि उनलाई सचिनको कीर्तिमान भंग गर्न सहयोग पुर्याउने धेरैको दावी छ।
_x000D__x000D_
त्यसैले कुनै बेला अस्ट्रेलियाली क्रिकेटको ‘रिडको हड्डी’ मानिने बिस्फोटक ब्याट्सम्यान एड्म गिलकृष्टले केही वर्ष अगाडि भारतीय अखबारलाई दिएको अन्तर्वार्तामा भनेका थिए, ‘विराट नयाँ जमानाका उर्जामान व्याट्सम्यान हुन्। उनी विपक्षीलाई (आउट) अवसर पनि दिन्छन्। तर, जहाँ चुक हुन्छ। उनले खेललाई तुरुन्त अर्को मोडमा लैजान्छन्।’
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।