लखनऊ (एजेन्सी)– राज्यसभामा चौथोपल्ट सदस्य बन्नका लागि केही समयअघि आफ्नो नाम दर्ता गरेकी पूर्वअभिनेत्री जया बच्चनले आफू र आफ्नो श्रीमान्को कुल सम्पत्ति नामंकन पत्रमा दर्ता गरेकी थिइन्। जसअनुसार जया र उनका श्रीमान् चर्चित अभिनेता अमिताभ बच्चनको कुल सम्पत्ति १० अर्ब १ करोड रुपैयाँ बराबर देखिएको छ।
_x000D__x000D_
जयाले नामांकन पत्रमा आफ्नो सम्पत्तिको व्यहोरा दिने क्रममा आफूसँग विभिन्न बैंक र वित्तीय संस्थामा ८७ करोड ३४ लाख ६२ हजार ८५ रुपैयाँ कर्जाको रुपमा रहेको बताएकी छिन्।
_x000D__x000D_
यस्तै, अमिताभको नाममा १८ करोड २८ लाख २० हजार ९ सय ५१ रुपैयाँ ऋण रहेको बताइएको छ। सम्पत्तिको मामिलामा जयाभन्दा अमिताभ धनी देखिएका छन्।
_x000D__x000D_
नामांकन पत्रमा अमिताभसँग चल सम्पत्ति नै ४ अर्ब ७१ करोड ४ लाख ३५ हजार २० रुपैयाँ छ। जयासँग भने ६७ करोड ७९ लाख ३१ हजार ५ सय ४६ रुपैयाँ छ। अचल सम्पत्तिमा पनि अमिताभ अगाडि छन्।
_x000D__x000D_
उनीसँग ३ अर्ब २० करोड ५० लाख २५ हजार रुपैयाँ छ। जयासँग १ अर्ब २७ करोड ३० लाख रुपैयाँको सम्पत्ति छ।
_x000D__x000D_
जयाले घरखर्चको रुपमा आफूसँग २ लाख ३३ हजार ९ सय ७३ रुपैयाँ राखेको बताएकी छिन्। अमिताभसँग भने १ लाख ३२ हजार ९ सय ७३ रुपैयाँ छ।
_x000D__x000D_
गहना र गाडीको मामिलामा भने अमिताभ अगाडि देखिएका छन्। जयासँग २६ करोड १० लाख ९९ हजार ५ सय ४३ रुपैयाँको गहना छ।
_x000D__x000D_
अमिताभसँग ३६ करोड ३१ लाख १६ हजार ३ सय १५ रुपैयाँको गहना छ। जयासँग ८ लाख ८५ हजार ६ सय १२ रुपैयाँ बराबरको गाडी छ। अमिताभसँग १३ करोड २५ लाख ६३ हजार १ सय २२ रुपैयाँ बराबरको सवारी साधन रहेको छ।
_x000D__x000D_
नामांकन पत्रमा जया र अमिताभ दुवैको विदेशी बैंकमा पैसा भएको बताइएको छ। जयाको नाममा दुबईमा ६ करोड ५९ लाख ३५ हजार ३ सय ७४ रुपैयाँ जम्मा छ।
_x000D__x000D_
यस्तै अमिताभले लन्डनस्थित बैंक अफ इन्डियामा १९ लाख १८ हजार ३ सय ५८ रुपैयाँ, पेरिस शाखामा १२ लाख ९७ हजार ३ सय ९२ रुपैयाँ, फ्रान्सको बैंकमा १३ लाख ३७ हजार २६ रुपैयाँ मुद्दति खातामा राखेका छन्।
_x000D__x000D_
जयाको भारतमा दुई स्थानमा कृषि फार्म हाउस छ। उनले मध्य प्रदेशको भोपालस्थित तहसिल हुजुरको सेवनिया गाउँमा ५ एकड जमिन र लखनउको काकोरी क्षेत्रमा पर्ने गाउँ मुज्जफरनगरमा १ दशमलव २२ हेक्टर कृषियोग्य जमिन खरिद गरेकी छिन्। भोपालमा भएको जमिनको मूल्य ३५ करोड छ भने काकोरीको जमिनको मूल्य २ करोड २५ लाख बताइएको छ।
_x000D__x000D_
अमिताभको पनि बाराबंकीस्थित दौलतपुर गाउँमा शून्य दशमलव ५ सय ७५ हेक्टर र काकोरीमा ३ दशमलव शून्य ८ हेक्टर जमिन छ। यसको मूल्य ५ करोड ७५ लाख २५ हजार बराबरी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।