एजेन्सी– मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबल खेलमा ब्राजिलले चिरपरिचित प्रतिद्वन्द्वी अर्जेन्टिनामाथि रोमाञ्चक जित हात पारेको छ। मंगलबार भएको खेलमा ब्राजिलका लागि दोस्रो हाफको इन्जुरी टाइममा डिफेन्डर मिरान्डाले गोल गरेका थिए।
_x000D__x000D_
साउदी अरेबियामा भएको खेलमा मिरान्डाले दोस्रो हाफको इन्जुरी टाइमको तेस्रो मिनेटमा हेडमार्फत गोल गरेका थिए।
_x000D__x000D_
अर्जेन्टिनाको टिममा नियमित कप्तान लिओनल मेसी, सर्जियो अग्युरो, एन्जेल डि मारिया जस्ता स्टार खेलाडी अनुपस्थित थिए।
_x000D__x000D_
यता ब्राजिलिय टिममा फिर्मिनो, काउन्टिन्हो, नेइमार जस्ता स्टार खेलाडी भएपनि उनीहरुको कुनै जादू चलेन।
_x000D__x000D_
अन्य मैत्रीपूर्ण खेलमा कोलम्बियाले कोस्टारिकालाई ३–१ र चिलीले मेक्सिकोलाई १–० गोलले पराजित गरेका छन्। अमेरिका र पेरुले भने १–१ को बराबरी खेलेका छन्।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।