महोत्तरी– महाेत्तरीका विभिन्न सीमा नाकामा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीले भारतबाट बलिका लागि बोका ल्याउनेसँग जथाभावी रकम असुल गरिरहेका छन् ।
_x000D__x000D_
जलेश्वर नगरपालिका–२ का बद्री पासवानले जिल्लाको मुख्य भन्सार नाका भिट्ठामोड हुँदै बोका ल्याएपछि उनलाई त्यहाँ खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवैले पैसा मागेको आरोप लगाएका छन् ।
_x000D_
_x000D_उनले आफूजस्ता दर्जनाैं व्यक्तिसँग प्रहरीले न्यूनतम रु ५० देखि १०० र कसैसँग रु १५० सम्म माग्ने गरेको बताए। त्यस्तै जिल्लाको मटिहानी, सम्सी, खैरबन्नी, रघुनाथपुर, बथनाहा, कटैया, मनरालगायतका नाकाबाट पनि दसैंको बलिका लागि खसी बोका ल्याउनेसँग प्रहरीले रकम असुली गर्ने गरेको गुनासो सर्वसाधारणले गरेका छन्।
_x000D_
_x000D_प्रहरीले जाँचको नाममा सर्वसाधारणलाई दुःख दिने गरेको र व्यापारीबाट धम्क्याएर जबर्जस्ती रकम असुली गर्ने गरेको एक व्यक्तिले नाम नछाप्ने शर्तमा बताउनुभयो । त्यस्तै कसैकसैसँग प्रहरीले खर्चबर्च दिनुस् भन्दै पनि रकम असुली गर्ने गरेको सर्वसाधारणको गुनासो छ।
_x000D_
_x000D_महोत्तरीमा भारतसँग जोडिएका साना–ठूला गरी जम्मा १३ नाका छन् भने खुला वनसमेत रहेको छ । सबैतिर अहिले दशैँको बेला नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएका छन् र उनीहरू खसी बोका ल्याउनेसँग जथाभावी रकम असुली गर्ने गरेको जनाइएको छ।
_x000D__x000D_
रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।