इस्लामाबाद– पाकिस्तानको सिन्ध प्रान्तमा रेलले रिक्सालाई ठक्कर दिँदा कम्तीमा आठ जना मारिनुका साथै अरु आठजना घाइते भएको प्रहरीले जनाएको छ ।
_x000D__x000D_
प्रहरीका अनुसार सिन्धको काँधकोट जिल्लाको ताङवानी क्षेत्रमा यात्रु बोकेको रिक्सालाई खुसाल खान खटक एक्सप्रेस ट्रेनले ठक्कर दिएको थियो । दुर्घटनामा रिक्सा पूर्णरुपमा क्षतिग्रस्त भएको थियो । तर, अपूष्ट विवरणमा उक्त दुर्घटनामा १३ जनाको मृत्यु भएको जनाएको छ । रासस
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।